संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान
वि.सं.२०७७ पुस १२ आइतवार २१:३५
संखुवासभा: संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
चैनपुर-४ मैदाने भन्ने ठाउँमा आइतबार विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो ।
विप्ल्वका कार्यकर्ता लुकेर बसेको भन्ने सूचनाका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीलाई लक्षित गर्दै विप्लव कार्यकर्ताले गोली प्रहार गरेको संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए ।
प्रहरीले पनि जवाफी फायर गरेको थियो ।
विप्लव कार्यकर्ताले ६ राउन्ड गोली प्रहार गरेका थिए भने प्रहरीले दर्जनभन्दा बढी चलाएको थियो ।
प्रहरीलाई देखेपछि गोली चलाउँदै फरार भएका विप्लव कार्यकर्ताले केही विस्फोटक पदार्थ भने छाडेर भागेका थिए ।
उक्त विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।
वि.सं.२०७७ पुस १२ आइतवार २१:३५