YouTube Link

अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टका लागि भारतीय टिम घोषणा

Facebook Link

काठमाडौं : ओपनर पृथ्वी श र विकेटकिपर ऋद्दिमान साहले अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट खेल्ने टिमको पहिलो रोजाइमा स्थान बनाएका छन् ।

 

बोर्डर गावास्कर ट्रफी अन्तर्गत बिहीबार सुरु हुने टेष्टका लागि भारतले एक दिनअघि नै विराट कोहलीको कप्तानीमा अष्ट्रेलियाविरुद्ध खेल्ने टिम घोषणा गरेको हो ।

 

जसमा ओपनर र विकेटकिपरमा कसलाई खेलाउने भनेर सर्वाधिक चासोको विषय बनेको थियो । ओपनिङमा मायांक अग्रवाललाई पृथ्वी श ले साथ दिनेछन् भने ऋषभ पन्तको सट्टा ऋद्दिमानले विकेटकिपिङ सम्हाल्नेछन् ।

 

यस्तै रविचन्द्रन आश्विन स्पिनरको रुपमा खेल्नेछन् । कप्तान विराट कोहली अष्ट्रेलिया छाड्नुअघि एक मात्र टेष्ट खेल्नेछन् । यस्तै पहिलो रोजाइमा खेल्ने अन्य खेलाडीमा चेतेश्वर पुजारा, अजिन्का रहाने, हनुमा विहारी, जसप्रित बुमराह, मोहम्द शामी र उमेश यादव छन् ।  उमेश तेस्रो फास्ट बलरको रुपमा टिममा स्थान बनाएका छन् ।

 

उता अष्ट्रेलियाका नियमित ओपनर डेविड वार्नर चोटका कारण पहिलो टेष्ट खेल्ने छैनन् । यस्तै जोए बर्न्स पनि खराब फर्ममा रहेकोले कसले ओेपनिङ गर्ने चासोको विषय बनेको छ ।

 

यो पनि पढ्नु होस

https://www.akhabarnepal.com/category/sports/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...