YouTube Link

अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टका लागि भारतीय टिम घोषणा

World Cup 2026
Facebook Link

काठमाडौं : ओपनर पृथ्वी श र विकेटकिपर ऋद्दिमान साहले अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट खेल्ने टिमको पहिलो रोजाइमा स्थान बनाएका छन् ।

 

बोर्डर गावास्कर ट्रफी अन्तर्गत बिहीबार सुरु हुने टेष्टका लागि भारतले एक दिनअघि नै विराट कोहलीको कप्तानीमा अष्ट्रेलियाविरुद्ध खेल्ने टिम घोषणा गरेको हो ।

 

जसमा ओपनर र विकेटकिपरमा कसलाई खेलाउने भनेर सर्वाधिक चासोको विषय बनेको थियो । ओपनिङमा मायांक अग्रवाललाई पृथ्वी श ले साथ दिनेछन् भने ऋषभ पन्तको सट्टा ऋद्दिमानले विकेटकिपिङ सम्हाल्नेछन् ।

 

यस्तै रविचन्द्रन आश्विन स्पिनरको रुपमा खेल्नेछन् । कप्तान विराट कोहली अष्ट्रेलिया छाड्नुअघि एक मात्र टेष्ट खेल्नेछन् । यस्तै पहिलो रोजाइमा खेल्ने अन्य खेलाडीमा चेतेश्वर पुजारा, अजिन्का रहाने, हनुमा विहारी, जसप्रित बुमराह, मोहम्द शामी र उमेश यादव छन् ।  उमेश तेस्रो फास्ट बलरको रुपमा टिममा स्थान बनाएका छन् ।

 

उता अष्ट्रेलियाका नियमित ओपनर डेविड वार्नर चोटका कारण पहिलो टेष्ट खेल्ने छैनन् । यस्तै जोए बर्न्स पनि खराब फर्ममा रहेकोले कसले ओेपनिङ गर्ने चासोको विषय बनेको छ ।

 

यो पनि पढ्नु होस

https://www.akhabarnepal.com/category/sports/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...