Texas College
YouTube Link

लिभरपुल दोस्रो स्थानमा, आर्सनल बराबरीमा रोकियो

Facebook Link

काठमाडौं – साविक विजेता लिभरपुल लेस्टरलाई पराजित गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । मुख्य खेलाडीहरु चोट र कोरोना संक्रमणका कारण टिममा नरहेपनि लिभरपुलले लेस्टरलाई ३-० ले पराजित गरेको हो ।

 

फरवार्ड मोहम्मद सालाह देखि थियागो अन्कान्टारा, भर्जिल भान डाइक,ट्रेन्ट अलेक्जान्डर, आर्नोल्ड जो गोमेज, जोर्डन हेन्डरसन जस्ता खेलाडी मैदान बाहिर रहे पनि लिभरपुलले घरेलु मैदानमा शानदार जित हात पारेको हो ।

 

एनफिल्डमा लेस्टरा जोनी इभान्सले २१औं मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले पहिले अग्रता लिएको थियो । ४१औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पहिलो हाफमा लिभरपुलको अग्रता दोब्बर पारे । ८६औं मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।

 

अपराजित हुँदै नयाँ कीर्तिमान

 

यस जितपछि लिभरपुलले घरेलु मैदानमा ६४ खेलमा अपराजित हुँदै नयाँ कीर्तिमान समेत बनाएको छ ।जितपछि ९ खेलबाट २० अंक जोडेको लिभरपुलले शीर्ष स्थानको टोटनहमसंग अंक बराबरी गरेको छ । समान अंक जोडेको लिभरपुल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित लेस्टरले भने शीर्ष स्थानमा उक्लने मौका गुमायो । ९ खेलबाट १८ अंक रहेको लेस्टर चौथो स्थानमा छ ।

 

प्रिमियर लिगकै अर्को खेलमा एभरटनले  फुलहमलाई ३-२ ले पराजित गरेको छ । एभरटनका लागि डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे । जितपछि ९ खेलबाट १६ अंक जोडेको एभरटन छैटौं स्थानमा उक्लेको छ ।

 

यस्तै आर्सनलले लिड्स युनाइटेडसंग गोलरहित बराबरी खेलेको छ । बराबरीपछि आर्सनल १३ अंकसहित ११औं स्थानमा छ भने ११ अक रहेको लिड्स १४औं स्थानमा छ ।

यो पनि पढ्नु होस्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...