यूईएफए नेशन्स् लिगमा स्पेनको फराकिलो जित

वि.सं.२०७७ भदौ २२ सोमवार १२:५९
1K
shares
एजेन्सीः यूईएफए नेशन्स् लिग अन्तर्गत गएराति स्पेनमा भएको खेललमा घरेलु टोली स्पेनले युक्रेनमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको छ ।
स्पेनको जितमा कप्तान सर्जियो रामोसलेले २ तथा अन्शु फाति र फेरान टोरेसले एक एक गोल गरे ।
खेल शुरु भएको तेश्रो मिनटमै स्पेनले पेनल्टीको अवसर पाएको थियो ।
उक्त अवसरलाई कप्तान रामोसले सदुपयोग गर्दै स्पेनलाई १–० को अग्रता दिलाए ।
यस्तै खेलको २९औं मिनटमा पुनः रामोसले ब्यक्तिगत दोश्रो गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाएका थिए ।
यसको तीन मिनेट पछि नै फातिले स्पेनका लागि थप एक गोल गरे ।
पहिलो हाफमा ३–० को अग्रता कायम गरेको स्पेनले दोश्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ८४ औं मिनेटमा फेरान टोरेसले स्पेनका लागि चौथो गोल गरे । स्पेनले जितसँगै महत्वपूर्ण तीन अंक बटुल्न सफल बन्यो ।
यस्तै यसै समूह अन्तर्गत गएराति भएको अर्को खेलमा जर्मनी स्विट्जरल्याण्डसँग एक-एक गोलको बराबरीमा रोकियो ।
दुई खेलमा बराबरी नतिजा निकालेको उपाधि दावेदार जर्मनी समूहको तेश्रो स्थानमा छ भने स्विट्जरल्याण्ड चौथो स्थानमा छ ।

वि.सं.२०७७ भदौ २२ सोमवार १२:५९