YouTube Link

यूईएफए नेशन्स् लिगमा स्पेनको फराकिलो जित

World Cup 2026
Facebook Link

एजेन्सीः यूईएफए नेशन्स् लिग अन्तर्गत गएराति स्पेनमा भएको खेललमा घरेलु टोली स्पेनले युक्रेनमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको छ ।

स्पेनको जितमा कप्तान सर्जियो रामोसलेले २ तथा अन्शु फाति र फेरान टोरेसले एक एक गोल गरे ।

खेल शुरु भएको तेश्रो मिनटमै स्पेनले पेनल्टीको अवसर पाएको थियो ।

उक्त अवसरलाई कप्तान रामोसले सदुपयोग गर्दै स्पेनलाई १–० को अग्रता दिलाए ।

यस्तै खेलको २९औं मिनटमा पुनः रामोसले ब्यक्तिगत दोश्रो गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाएका थिए ।

यसको तीन मिनेट पछि नै फातिले स्पेनका लागि थप एक गोल गरे ।

पहिलो हाफमा ३–० को अग्रता कायम गरेको स्पेनले दोश्रो हाफमा थप एक गोल गर्यो ।

खेलको ८४ औं मिनेटमा फेरान टोरेसले स्पेनका लागि चौथो गोल गरे । स्पेनले जितसँगै महत्वपूर्ण तीन अंक बटुल्न सफल बन्यो ।

यस्तै यसै समूह अन्तर्गत गएराति भएको अर्को खेलमा जर्मनी स्विट्जरल्याण्डसँग एक-एक गोलको बराबरीमा रोकियो ।

दुई खेलमा बराबरी नतिजा निकालेको उपाधि दावेदार जर्मनी समूहको तेश्रो स्थानमा छ भने स्विट्जरल्याण्ड चौथो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...