स्पेनिस ला लिगामा बार्सिलोना र सेल्टा भिगोले खेले बराबरी
वि.सं.२०७७ असार १४ आइतवार ०९:०७
1K
shares
एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे ।
उपाधि दाबेदार बार्सिलोनाले २०औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ५०औं मिनेटमा फेडोरले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६७औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
खेलको ८८औं मिनेटमा सेल्टा भिगोका लागि आसपसले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । सेल्टासँग बराबरीमा रोकिए पनि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ । र, बार्सिलोना रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
एक खेल कम खेलेको रियलको ६८ अंक छ । ३४ अंक जोडेको सेल्टा १६औं स्थानमा छ ।
वि.सं.२०७७ असार १४ आइतवार ०९:०७




















