घरेलु मैदानमा एट्लेटिको मड्रिडको महत्वपूर्ण जित
वि.सं.२०७७ असार १४ आइतवार ०९:०७
1.2K
shares
एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले महत्वपूर्ण जित हात पारेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा एट्लेटिकोले डिपोर्टिभो आल्भेसलाई २–१ ले पराजित गर्यो ।
साउल निगुईजले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोलीका लागि डिएगो कोस्टाले पेनाल्टीमा थप एक गोल गरे । पाहुना टोलीका जेसिलोले दोस्रो हाफको ईन्जुरी समयमा पेनाल्टीमा एक गोल फर्काएका थिए ।
जितसंगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको यात्रामा ठुलो कदम चालेको छ । उसले अर्को सिजन च्याम्पियन्स लिग छनोटको दौडमा आफुलाई बलियो स्थितिमा पुर्याएको छ । उसले अर्को खेलमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ
एट्लेटिको मड्रिडको पछिल्लो लयले उपाधि होडमा रहेको बार्सिलोनालाई आगामी खेलमा कडा चुनौती दिने अपेक्षा गरिएको छ । तेस्रो स्थानको एट्लेटिकोले ३२ खेलमा ५८ अंक जोड्यो ।
वि.सं.२०७७ असार १४ आइतवार ०९:०७




















