YouTube Link

बायर्न म्युनिखले जित्यो कीर्तिमानी ३०औं बुन्डेसलिगाको उपाधि

Facebook Link

एजेन्सीः बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा च्याम्पियन फराकिलो जितसँगै सिजनको अन्त्य गरेको छ । सिजनको अन्तिम खेलमा शनिबार राति भएको वुल्फ्सबर्गको घरेलु मैदानमा बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै वायर्नले बुन्डेसलिगाको उपाधि ट्रफि उचालेको छ । यो वायर्नको लगातार ८औं बुन्डेसलिगा उपाधि समेत हो । उसको ३४ खेलमा ८२ अंक रह्यो भने हारको सामना गरेको वुल्फ्सबर्गको छैठौ स्थानमा रहँदै युरोपा लिग खेल्ने आकांक्षा तुहिएको छ । उसले ३४ खेलमा ४९ अंक जोड्दै सातौ स्थानमा सिजन टुङ्गयाएको छ ।

यस्तै सिजनको उत्कृष्ट खेलाडी समेत घोषित भएका रोबर्ट लेवान्डास्किले यस सिजन ३४ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार समेत हात पारेका छन् । यसबाहेक वेर्डर ब्रिमेन, कोर्टुना डुसेलडोर्फ र पेडरबर्न बुन्डेसलिगको शिर्ष डिभिजनबाट दोश्रो डिभिजनमा रेलिगेट भएको छ ।

दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा कोम्यानको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ३७औं मिनेटमा माइकलले गोल गर्दा पहिलो हाफमा बायर्न २-० ले अघि रह्यो ।

खेलको ७१ औं मिनेटमा जोसुवाले रातो कार्ड खादै मैदानबाट बाहिरिदा घरेलु टिम १० खेलाडीमा समेटियो । माइकललाई पेनाल्टी क्षेत्रमा लडाएपछि उनलाई रेफ्रीले रातो कार्ड र बायर्नलाई पेनाल्टीको मौका दिएका थिए ।

उक्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । उनको यो लिगमा सिजनको ३४ औं गोल समेत हो । उनी यस सिजनको लिगमा सर्वाधिक गोलकर्ता हुन् । त्यसपछि खेलको ७९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

वोल्फ्सबर्गको घरेलु मैदानमा फराकिलो जितसँगै बायर्नले लगातार आठौं सिजन उपाधि ट्रफी उचालेको छ । बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...