१३औं सागमा स्वर्ण पदक जित्न सफल सबै खेलाडीले आजिवन भत्ता पाउने
वि.सं.२०७७ जेठ १६ शुक्रवार १४:४३
1.3K
shares
काठमाडौं: नेपाल सरकारले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का सम्पूर्ण स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान स्वरुप आजिवन भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७७/७८ को सरकारको निति तथा कार्यक्रम अन्तर्गत रहेर युवा तथा खेलकुद मन्त्रालय मातहत १३औं सागमा स्वर्ण पदक जित्न सफल सबै ५१ खेलाडीहरुलाई आजिवन भत्ता दिने भएको हो ।
१३औं सागका स्वर्णधारी खेलाडीहरुले जनही मासिक ६ हजारको दरले आगामी श्रावणबाट शुरु हुने गरी आजिवन भत्ता पाउने छन् । युवा तथा खेलकुदमन्त्री जगतबाहदुर सुनारले भने- ‘नेपाल सरकारको यस आर्थिक वर्षको निति तथा कार्यक्रम अन्तर्गत अबबाट १३औं सागका सम्पूर्ण स्वर्ण जित्न सफल खेलाडीहरुलाई मासिक ६ हजारका दरले आजिवन भत्ता दिने निर्णय भएको छ । यो आउँदो श्रावण महिनाबाट लागु हुनेछ ।’
गत मंसिर १५ गतेबाट नेपालको काठमाडौं, पोखरा र जनकपुर गरी तीन स्थानमा १३औं दक्षिण एशियली खेलकुद प्रतियोगिता आयोजना भएको थियो ।
वि.सं.२०७७ जेठ १६ शुक्रवार १४:४३



















