YouTube Link

अबको डेढ वर्षभित्र मुलपानी क्रिकेट रंगशालाको निर्माण सम्पन्न हुने

Facebook Link

काठमाडौं: अबको डेढ वर्षभित्रमा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले दाबी गरेका छन् । २०६३ सालबाट शुरु भएको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण योजना १४ वर्ष बितिसक्दा समेत पुरा भएको छैन ।

विभिन्न समयमा विभिन्न ब्यक्तिहरु आए, विभिन्न प्रवृतिका ब्यक्तिको आ–आफ्नै शैलीको काम गर्ने तरिका हुन्छ’, मन्त्री सुनारले भने,‘आागमी आर्थिक वर्ष मन्त्रालयको योजनामा मुलपानीको क्रिकेट मैदान मुख्य प्राथमिकतामा परेको छ र अब बिना कुनै सन्देह निर्माण सम्पन्न गर्छौ र त्यो पनि अबको डेढ वर्षमा ।’ लकडाउनको समयमा अहिले मुलपानीको मैदानमा घाँस काट्ने काम जारी रहेको र लकडाउन लगतै मैदानको पिच बनाउने, मैदान सम्याउनेदेखि लिएर अन्य पूर्वाधारको कामले तिव्रता पाउने मन्त्री सुनारले बताए । मन्त्री सुनारका अनुसार वि.सं २०७८ को अन्त्य सम्ममा मुलपानीको सम्पूर्ण निर्माण कार्य सम्पन्न भईसक्ने बताएका छन् ।

मन्त्री सुनारले भने- ‘मुलपानीको लागि यस आर्थिक वर्षका लागि ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यतिले नपुगे काममा बाधा नपर्ने गरी थप रकम पनि निकासा हुनेछ । हामीले प्राविधिक टोलीसँग बसेर कुरा गरेका छौ र डेढ वर्षमा निर्माण सम्पन्न हुनेछ ।’ बिहिबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट घोषणा गर्दै निर्माणाधिन अवस्थामा रहेका खेल पूर्वाधारलाई निरन्तरता दिने, उच्च पर्वतीय तालिम केन्द्रको स्थापना, कर्णाली प्रदेशमा खेलकुदका पूर्वाधार निर्माण, सातै प्रदेशमा खेल ग्राम निर्माणलाई निरन्तरता दिने, नवौं राष्ट्रिय खेलकुदका लागि बजेटको व्यवस्थापन गरिएको बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...