YouTube Link

नेपालमा कोरोना संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु, थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

Facebook Link

काठमाडौं: नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ३५ वर्षीय एक युवकको यही जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालामा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्युको शुक्रबार मात्रै औपचारिक घोषणा गरेको हो ।

यसैबीच नेपालमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । संक्रमित हुनेमा झापाका २८, सप्तरी ४, बारा ४ र पर्साका १ जना रहेको छन् ।

यसैगरी पाटन अस्पतालमा रहेका १ जनासहित सर्लाहीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै बाँकेमा १० जनामा थप संक्रमण देखिएको छ भने कपिलवस्तुमा ५१ जनामा कोरोना देखिएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना तथा रौतहटका ५६ जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै रुपन्देहिमा १ जना दाङमा २ जना तथा म्याग्दिमा १ जनामा संक्रमण देखिएको छ ।

ती मध्ये १६५ जना पुरुष र ५ जना महिला छन् । यो संगै संक्रमितको संख्या १२ सय १२ पुगेको छ । यस्तै शुक्रबार थप १९ जना निको भएका छन् । निको हुनेको संख्या २ सय ६ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...