प्रिमियर लिग फुटबलमा थप दुई जनामा कोरोना
वि.सं.२०७७ जेठ ११ आइतवार १०:४२
1.8K
shares
एजेन्सीः प्रिमियर लिग फुटबलमा कोरोनाका थप दुई संक्रमित फेला परेका छन् । कोरोनाको पछिल्लो परिक्षणको क्रममा फरक क्लबका दुई जनामा कोरोनाको संक्रमण देखिएको हो । प्रिमियर लिगमा मंगलबार, बिहिबार र शुक्रबार ९ सय ९६ खेलाडी तथा क्लब स्टाफको परिक्षण गरिएको थियो ।
खेलाडी र स्टाफमा कोरोनाको संक्रमण देखिने बित्तिकै ७ दिन बेग्ला बेग्लै राखेर उपचार सुरु गरिएको छ । यस पटक प्रत्येक क्लबमा परिक्षणलाई ४ देखि बढाएर ५० मा लगिएको छ । मे १९ मा गरिएको पहिलो चरणको परिक्षणमा ६ जनामा कोरोनाको संक्रमण देखिएको प्रिमियर लिगले जनाएको थियो । जसमा वाटफोर्ड क्लबका एड्रियन मारियापा र वर्नलीका सहायक प्रशिक्षक इयान वान रहेका थिए ।
प्रिमियर लिग मार्च १३ बाट स्थगित अवस्थामा छ । लिगमा अझै ९२ वटा खेल बाँकी छ । शुक्रबार मात्र प्रिमियर लिगका कार्यकारी अधिकृत रिचार्ड मास्टरले जुनमा अबरुद्ध सिजन सुरु गर्न आफुहरु विश्वस्त रहेको बताएका थिए ।
वि.सं.२०७७ जेठ ११ आइतवार १०:४२



















