YouTube Link

ECHO र UNDP को सहयोगि हात , भिमेश्वर र शैलुङ्गमा पुर्यायो सामाग्री..

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण अहिले विश्व त्रसित बनेको अवस्था छ । यसबाट हाम्रो जस्तो अविकसित राष्ट्र पनि अछुतो रहन सकेन । कोरोना भाइरसबाट भौतिक क्षति त भएकै छ अर्कोतर्फ यसको प्रत्यक्ष असर भोग्न बाध्य छन् निम्न आय भएका ज्यालादारीमा रोजीरोटि चलाउने मजदुर, विपन्नवर्ग र अशक्त नागरिकहरु ।

यिनै समस्यालाई मध्यनजर गर्दै यूरोपेली आयोग मानविय सहयोग तथा मानविय सुरक्षा विभाग (ECHO) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) दोलखा भिमेश्वर नगरपालिका र शैलुङ्ग गाऊँपालिकाका विभिन्न निकाय र विपन्न परिवारलाई भौतिक सामाग्री वितरण गरेको छ ।

यस अन्तर्राष्ट्रिय संस्थाले आफनो साझेदार संस्था मार्फत जिल्लाको १० वटा वडाका सात सय अति बिपन्न र संकटामा परेका परिवारलाई जिबिकोपार्जन सहयोगका लागि कृषि सामाग्री (टनेल प्लाष्टिक, पाइप, बिउबिजन लगायतका कृषिजन्य सामाग्री वितरण गरेको छ ।

 

 

विपन्न परिवारलाइ मात्र नभएर संस्थाले भाइरस रोकथामका लागि पालिकामार्फत क्वारेन्टाइन सेन्टर र स्वास्थ्य संस्थालाई चिकित्सकिय र खानेपानी, सरसफाइ तथा स्वच्छता प्रर्वधन सम्वन्धि सामाग्री थर्मल गन, पि.पि.इ सेट, स्यानिटाइजर, वाटर फिल्टर, साबुन आदि लगायतका स्वास्थ्व सामाग्री वितरण गरेको छ ।

वितरण सामाग्री बुझ्दै शैलुङ्ग गाऊँपालिकाका प्रमुख भरत दुलालले विपतको घडिमा स्थानियस्थरको समस्यालाई ध्यानमा राख्दै यूरोपेली आयोग (ECHO) र (UNDP) ले गरेको स्वास्थ सुरक्षा र कृषिजन्य सामाग्री वितरणले स्थानिय समुदायलाई ठुलो राहत पुगेको भन्दै खुसी व्यक्त गरेका थिए ।


त्यस्तै UNDP/CDRMP परियोजना संयोजक प्रभाकर थापाले मुलुकको संवेदनशीलतालाई ध्यानमा राख्दै सहयोगको आवश्यकता र विपन्न परिवारको समस्या पहिचान गरी संस्थाको माध्यम द्वारा आवश्यक सामाग्री वितरण गरिएको जानकारी दिए । संयोजक थापाले आगामी दिनमा पनि आवश्यकता अनुसार विपन्न र दैनिक ज्याला मजदुरीमा जीवनयापन गर्ने र यो समयमा मुखको माडबाट वन्चित समुदायलाई सहयोग गर्दै जाने धारणा व्यक्त गरे ।

यूरोपेली आयोग मानविय सहयोग तथा मानविय सुरक्षा विभाग(ECHO) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP)ले आफनो साझेदार संस्था मार्फत दोलखा जिल्लाको भिमेश्वर न.पा र शैलुङ गाऊँपालिकामा सन् २०१७ देखि पूनर्निमाण, बिपद जोखिम ब्यबस्थापन र जिविको पार्जनको क्षेत्रमा आफ्नो परियोजना मार्फत काम गर्दै आइरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...