अखिल नेपाल फुटबल संघको ‘एन्फा डे’ कार्यक्रम स्थगित
वि.सं.२०७७ वैशाख २२ सोमवार १२:१६
1.5K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज परेको स्थापना दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम नगर्ने बताएको छ । विश्वभर महामरीको रुप लिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन मुलुक लकडाउनको अवस्थामा रहेको भन्दै एन्फाले आज कुनै औपचारिक कार्यक्रम नगर्ने भएको हो ।
एन्फाले अवस्था सामान्य बनेपछि स्थापना दिवस सहित स्थगित अन्य कार्यक्रमलाई नयाँ तालिका बनाएर सुरु गर्ने जनाएको छ । एन्फाले गत बर्षदेखि बैशाख २२ गते एन्फा दिवस मनाउन सुरु गरेको हो । सोही दिन एन्फाको वर्तमान कार्यसमिति निर्वाचित भएको थियो ।
स्थापना दिवसका अवसरमा एन्फाले फुटबल क्षेत्रमा लागेर योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यस बर्ष समेत एन्फाले विभिन्न विधामा रहेर खेलाडी तथा फुटबल क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने योजना बनाएको थियो । तर कोरोना भाईरसको प्रकोपका कारण फुटबल लगायत विभिन्न औपचारिक कार्यक्रम स्थगित अवस्थामा छन् ।
वि.सं.२०७७ वैशाख २२ सोमवार १२:१६




















