सन् २०३२ को ओलम्पिक आयोजनामा भारतको दावेदारी
वि.सं.२०७७ वैशाख २२ सोमवार १२:१४
1.3K
shares
एजेन्सीः सन् २०३२ को ओलम्पिक आयोजना गर्न भारतीय ओलम्पिक कमिटीका अध्यक्ष नरेन्दर बत्राले ओलम्पिक आयोजनाका लागि भारतले दावेदारी दिने तयारीमा जुटेको बताएका छन् ।
‘भारत ओलम्पिक आयोजनाका लागि सक्षम भएको छ, त्यसैले २०३२ सम्ममा ओलम्पिक आयोजना गर्न भारत तयार छ’, बत्रालाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ । यसका लागि अहिलेसम्म अष्ट्रेलियाको क्विन्सल्याण्ड र चिनको संघाईले पनि चासो देखाएका छन् । यसपछि अन्य धेरै राष्ट्रको पनि दावेदारी जनाईएको छ ।
भारतले यसअघि सन् २०१० मा कमनवेल्थ गेम्सको आयोजना गरेको थियो । भारतले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) लाई ओलम्पिक आयोजनाको लागि पत्र पठाईसकेको बताएको छ । २०३२ को ओलम्पिक आयोजकको टुंगो २०२५ मा छिनोफानो हुनेछ ।
वि.सं.२०७७ वैशाख २२ सोमवार १२:१४




















