YouTube Link

जारी लकडाउन दुई हप्ता थप्ने सरकारको तयारी, संक्रमित देखिएका क्षेत्रमा थप कडाइ गरिने

Facebook Link

काठमाडौं: नेपाल सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पछिल्लो पटक वैशाख २५ गतेसम्म बढाइएको लकडाउनको समय अवधि थप गर्ने तयारी गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार आगामी जेठ १० गतेसम्म लकडाउन बढाउनका लागि सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्ने जनाएको छ । समितिको यसअघिको बैठकमा भएको छलफलका अनुसार गृह मन्त्रालयले लकडाउनको प्रभावकारिता र अपरिहार्यताका विषयमा अध्ययन गरिरहेको बताएको छ ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने गरी समय अवधि थप गर्ने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकमा समेत लकडाउनका विषयमा छलफल भएको बुझिकए छ । छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गराउन गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन पछि गृहमन्त्री थापाले पनि कोरोना संक्रमण बढ्न नदिन लकडाउन नै प्रभावकारी विकल्प भएको र त्यसलाई कडाइका साथ पालना गरिने जनाएका थिए । नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो । यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ७५ पुगेको छ । कोरोना संक्रमण देखिएका १६ जना उपचार पछि निको भएर घर फर्किएकामा २ जनामा पुन: स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...