YouTube Link

हङकङसँग गोलरहित बराबरीले एसियन कप–२०२२ छनोट यात्रा समाप्त

नेपाल पुछारमा रह्यो

Facebook Link

काठमाडौंः नेपाली महिला राष्ट्रिय टोली हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ ।

जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको छनोट हुने सम्भावना टुंगिएको हो ।

उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा मंगलबार भएको खेलमा बल पोसेसन राख्दै हङकङलाई दबाबमा राखे पनि फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकिन बाध्य बन्यो ।

नेपालले यसभन्दा तीनपटक एसियन कप खेलिसकेको छ ।

चौथोपटक एसियन कप तथा विश्वकप छनोटमा अघि बढ्ने सम्भावना पनि यो बराबरीसँगै समाप्त भएको छ ।

यसअघि नेपालले छनोटको पहिलो खेलमा फिलिपिन्ससँग सुरुवाती अग्रता लिनुका बाबजुत अन्तिम दुई मिनेट सम्हालिन नसक्दा २–१ को हार बेहोर्न पुगेको थियो ।

हङकङसँगको बराबरीसँगै समूह एफमा नेपालले २ खेलमा १ अंक जोड्यो ।

हङकङसँग गोलरहित बराबरीले एसियन कप–२०२२ छनोटमा नेपाल पुछारमा रह्यो ।

दोस्रो स्थानको हङकङको भने छनोट हुने सम्भावना कायम रहेको छ ।

हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ ।

हङकङले १ खेलमा १ अंक जोडेको छ ।

शीर्ष स्थानको फिलिपिन्सले १ खेलमा ३ अंक जोडेको छ ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।

नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल्न लागेको हो ।

साफको तयारीका लागि नेपाली टोली दुुई सातादेखि कतारमा रहेका छन् ।

कतारमा विशेष प्रशिक्षमा जानुअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

यो पनि पढ्नु होस्ः

स्पानिस ला लिगामा लुइस सुआरेज चम्किदा एट्लेटिको मड्रिड विजय

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...