Rajshow Bivag

फ्रेन्च लिग वानमा आइतबार रातिको खेलमा पीएसजी विजयी

नेयमारकाे गाेल

Departmant of helth services

एजेन्सीः फ्रेन्च लिग वानमा आइतबार रातिको खेलमा पीएसजीले लियोँलाई २–१ गोल अन्तरले हराएको हो ।

फ्रेन्च लिग वानमा लियोनल मेसी सम्मिलित पेरिस सेन्ट जर्मेन (पीएसजी)को लगतार लिगमा यो छौटौं जित हो ।

पिएसजीको जितमा नेयमार र इकार्डीले एक एक गोल गरे ।

लियोँका टोलेन्टिनो कोएल्हो डे लिमाले एक गोल फर्काएका थिए ।

तर खेलमा मेसीले गोल गर्न सकेनन् ।

पहिलो हाफमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने गोलकिपर एन्थोनी लोप्सले समेत राम्रो बचाउ गरेका थिए ।

त्यतिमात्र हैन पिएसजीको घरेलु मैदानमा पहिलो पटक उनी उत्रिएका थिए ।

त्यो खेलमा गोल गर्न नसक्दा उनका फ्यान निराश भए ।

दोस्रो हाफमा मैदान बाहिरा जानु पर्दा मेस्सीले केही चित्त दुखाएको भान भएको थियो ।

त्यो भन्दा पनि चित्त मेसीले आफुले नै दुखाए ।

त्यसको कारण हो उनी दोस्रो हाफमा मैदान बाहिर जानु प¥यो ।

७६ औं मिनेटमा मैदानबाट बाहिर निस्कदै गर्दा उनी प्रशिक्षक मौरिसियो पोचिटिनोको निर्णयमा असन्तुष्ट देखिए ।

प्लेयर बक्समा पुगेर पनि उनी निराश देखिए ।

यसै सिजन स्पेनिश क्लब बार्सिलोना छाडेर पीएसजी आएका ३४ वर्षे मेसीले पिएसजीबाट तीन खेल खेलेका छन् ।

पिएसजी लिगमा ६ खेलबाट शतप्रतिशत जितसहित १८ अंकबाट शीर्ष स्थानमा छ ।

तर मेसीको चिन्ता कायमै छ ।

मेसीलाई दोस्रो हाफमा निकालेको बारेमा प्रशिक्षक पोचिटिनोले उनले भनेका छन्, ‘हामी उनलाई सुरक्षा राख्न चाहन्छौं ।

त्यसो भनेको उनलाई सम्भावित चोटबाट बचाउन चाहन्छौं ।

हाम्रो अगाडि अझै पनि धेरै महत्त्वपूर्ण खेल रहेका छन् ।

यी सबै खेलमा मेसीको आवश्यकता हुनेछ, त्यसैले हामी उनको सुरक्षालाई लिएर चिन्तित छौं ।’

पिएसजीले अब च्याम्पियन्स लिग खेल्नेछ ।

जसलाई जित्नु नै उसको लक्ष्य हो ।

मेसीको प्रयोग बढी च्याम्पियन्स लिगमा हुनेछ ।

मेसी छ पटकका बालोन डे’ओर विजेता हुन् ।

यो पनि पढ्नु होस्ः

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र अमरिकाबीच प्रतिष्पर्धा हुँदै

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...