Rajshow Bivag

ठुलो परिमाण सालकको खपटा बरामद

Departmant of helth services

रामेछाप:  रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ भैंसेश्वरबाट सुक्रबार प्रहरीले संरक्षित बन्यजन्तु सालकको खपटा सहित २ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीको संयुक्त टोलीले भैंसेश्वर चौकबाट २५ किलो खपटा सहित जिल्लाको लिखुतामाकोसी गाउँ पालिका वडा नं ३ का सोनाम तामाङ्ग र ध्यानबहादुर तामाङ्गलाई पक्राउ गरेको हो ।

 

बरामद गरिएको उक्त सालकको खपटा अहिले सम्मकै ठुलो परिमाणको भएको प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको सालकको खपटाका लागि कम्तिमा पनि ७० भन्दा बढी सालक मारेको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

​सालकको खपटाको अवैध कारोवारको सूचनाको आधारमा शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाँदा भैंसेश्वर चौकबाट उक्त कारोवारमा संलग्नलाई पक्राउ गर्नुका साथै बोरामा लुकाइ राखेको २५ किलो खपटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले जानकारी दिनु भयो ।

 

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय रामेछापका बुझाइएको छ । खपटा सहित पक्राउ परेकाहरु दुवैजनालाई राष्टिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन अनुसार ५ लाख देखी १० लाख सम्म जरिवाना तथा ५ बर्षदेखी १५ बर्षसम्म जेल सजाय वा दुबै हुन सक्ने कानूनि व्यबस्था रहेको छ । यस विषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४९

    मेष - Aries चु, चे, चो, ला, लि,...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...