गीतकार टेक तामाङको ‘नेपाल आमा’को म्यूजिक भिडियो सार्वजनिक {भिडियो सहित}
वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:२१
2.8K
shares
काठमाडौं: गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको रहेको छ ।
भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ । अभिनेता लामाका साथमा करिब एक दर्जन भन्दा बढी कलाकारहरुले अभिनय गरेका छन् ।
सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतमा करण चौरसीयाको छायाङ्कन रहेको छ । भिडियो सम्पादन भने मनोज कार्कीले गरेका छन् । त्यस्तै यो भिडियोको निर्देशन भने प्रदीप हमालले गरेका हुन् ।
चन्द्र सूर्य अङ्कित निशान
मेरो देशको ज्युँदो पहिचान…
गीतको हरफमा भनेजस्तै साँच्चिकै देशको मायालाई उजागर गरेको छ । गीतमा देशको माया र स्नेह हिमाल, पहाड र तराई जहाँको व्यक्तिलाई पनि सम्मान हुने कुरा प्रस्तुत गरिएको छ ।
देशप्रति असिम प्रभाव र सीमाको रक्षाका लागि सहास र बलिदानको भाव भूमिमा रचिएको नेपाल आमा साँच्चीकै उच्च कोटीको राष्ट्रिय गीत भएको बताइएको छ ।
देशको पछिल्लो अवस्थाका कारण यो गीतले निकै नै दर्शकको माया पाउने विश्वास गरिएको छ ।
गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् ।
वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:२१




















