YouTube Link

संखुवासभा हत्याकाण्डः एकै परिवारका ६ जनाको चिर्पटले हानेर हत्या गरेका आरोपी सार्वजनिक

एउटै चिर्पटले हानेर सबैको हत्या गरेका लोकबहादुरले चिर्पट घरमा ल्याएर आगो बाली कुँडो पकाएको बयान

Facebook Link

काठमाडौं: संखुवासभाको मादी नगरपालिका-१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरेका आरोपीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

 

घटना भएको ६ दिनपछि हत्यामा संलग्न २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले मुख्य अभियुक्त सार्वजनिक गर्न सफल भएको हो ।

 

गत सोमबार ९० वर्षीय बौद्धमान कार्कीको ६ जनाको परिवारको हत्या भएको थियो । बौद्धमानका ८४ वर्षीया श्रीमती पार्वती कार्की, ५२ बर्षीय तेजबहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्कीको हत्या भएको थियो । घरमै रहेका ९० वर्षका बौद्धमान भने सकुशल रहेका थिए ।

 

गाउँमा धेरै चहलपहल नहुने भएकाले चोरी-डकैतीका लागि सो घटना गराइएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको थियो । तर, पैसा तथा सुन घरमै सुरक्षित भेटिएपछि त्यो अनुमान फेल खायो ।

 

घटनास्थलमा दुईवटा कुकुरलाई प्रयोग गर्दा कुनै सुराक मिल्न सकेको थिएन । कुकुर समेत अल्मलिएर अपराधीसम्म पुग्ने कुनै क्लु नपाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोली घटनास्थल पुगेको थियो । तर अपराधी पत्ता लगाउन नसकेपछि प्रहरीले पुरै जिल्ला सिल गरेको थियो ।

 

स्थानीयहरुसँग बयान लिने क्रममा प्रहरीले पहिलोपटक शव देखेको भन्ने लोकबहादुरसँग सोधपुछ गर्यो । लोकबहादुरले एक जना भाइले शव देखेको आफूलाई बताएपछि अरु स्थानीयलाई खबर गरेको बताए । तर, उनले दिएको बयान शंकाष्पद पाइएपछि अनुसन्धान उनीमाथि केन्द्रित भएको थियो ।

 

उनको घरमा खोजतलासी गर्दा प्रहरीले रगत लागेको कपडा फेला पार्यो । र, त्यसकै आधारमा लोकबहादुर पक्राउ गरे । थप अनुसन्धान गर्दा उनले आफूले नै हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ ।

 

आरोपीले आफूलाई काकाले हेप्ने गरेकोले हत्या गरेको बताएका छन् । सुरुमा तेजबहादुरलाई मात्रै मार्ने सोचे पनि प्रमाण मेटाउनका लागि अरुलाई पनि सिध्याउनुपरेको उनको भनाइ छ ।

 

घटना विहान साढे ५ बजेको आसपासमा भएको बताइएको छ । धान गोड्न खेताला खोज्न हिँडेका तेजबहादुरलाई मार्न भतिजा लोकबहादुर बाटोमा ढुकेर बसेका थिए । उनले काका तेज बहादुरलाई पछाडिबाट चिर्पटले हानेर ढालेपछि घरबाट श्रीमती र बुहारी रञ्जनाले देखेर चिच्याउँदै आए । त्यसपछि तेजबहादुरले उनीहरुलाई पनि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार उनीहरुले प्रतिकार गर्न नसक्दा हत्याराले सजिलै हत्या गरेको देखिन्छ । आमाहरुको चिच्याहट सुनेर छोराछोरी बाहिर आएपछि उनीहरुलाई पनि लोकबहादुरले बाँकी राखेनन् । उनले दुई बालबालिकालाई पनि घर माथि लगेर चिर्पट दाउराले हानेर हत्या गरे र घरभित्र कुडो पकाउदै गरेकी पार्वतीलाई पनि भित्तामा ठोकाएर चिर्पटले हानेर मारे । तर घरभित्रै रहेका बौद्धमानलाई भने केही गरेनन् ।

 

आफूले सबैलाई एउटै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले प्रहरीलाई बयान दिएका छन् । त्यही चिर्पट घरमा ल्याएर आगो बाली कुँडो पकाएको उनको बयान छ । त्यसपछि उनी केही थाहा नपाएजसरी प्रस्तुत भएका थिए । उनले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्दै आएका थिए ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...