YouTube Link

नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा क्यासब्याक

Facebook Link

काठमाडौं:  नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको हो ।

 

बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशतदेखि रु. १ हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ।

 

कात्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिनेछ। आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिनेछ।

 

आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ। इसेवाले अनलाइनमार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ।

 

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढी रहेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।

 

हाल इसेवाका देशभर करिब १ लाख १० हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन्।

 

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।

 

इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

 

यो पनी पढ्नुहोस् :

मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावरले २४ लाख कित्ता सेयरको निश्कासन गर्ने

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...