YouTube Link

मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावरले २४ लाख कित्ता सेयरको निश्कासन गर्ने

Facebook Link

काठमाडौं:  मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले २४ लाख कित्ता साधारण सेयरको सार्वजनिक निश्कासन गर्ने भएको छ । यो कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको हो ।

मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ निश्कासनका लागि कम्पनीले निश्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि बिक्री प्रबन्धकको रुपमा बीओके क्यापिटल मार्केट लिमीटेडलाई नियुक्त गरेको छ ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड तथा बीओके क्यापिटलबीच भदौ २० गते आइतबारको दिन सेयर निश्कासनमा बिक्री प्रबन्धकको काम गर्ने विषयमा सम्झौता भएको हो ।  सम्झौतामा मनकामना इन्जिनियरिङ्गको तर्फबाट संचालक समितिका अध्यक्ष कृष्णबहादुर उप्रेती र बीओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गर्नु भएको छ ।

साथै, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बीओके क्यापिटलले नै गर्नेछ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर दोलखास्थित ५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको कम्पनी हो । मिति २०६७ साल श्रावण ०२ गते स्थापित यस कम्पनीले मिति २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरी पूर्ण सञ्चालनमा आइसकेको छ ।

यो पनी पढ्नुहोस् :

नेपाली बजारमा १९ वटा कम्पनीको आइपीओ निष्कासन हुँदै, कुन कम्पनीको कति ?

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...