YouTube Link

ग्रिजमन एट्लेटिको फर्किए, लुक जोङ बार्सिलोनामा

ट्रान्सफर डेडलाइन डे मा

Facebook Link

एजेन्सीः एन्टोइन ग्रिजमन बार्सिलोना छाडेर एट्लेटिको मड्रिडमै फर्किएका छन् ।

एट्लेटिकोबाट २ वर्षअघि बार्सिलोना पुगेका ग्रिजमन पुरानै क्लबमा फर्केका हुन् ।

ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडले पुर्व फरवार्ड एन्टोनी ग्रिजम्यानलाई ट्रान्सफर डेडलाइन डे मा अनुबन्ध गर्न सफल भएको हो ।

एट्लेटिकोले उनलाई बार्सिलोनाबाट दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको हो ।

अब एट्लेटिकोले ग्रिजमनको तलब तिर्नेछ भने स्थायी स्थानान्तरणका लागि सर्त राखिएको छ ।

सन् २०१९ मा बार्सिलोनाले १०७ मिलियन पाउण्डमा ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो ।

तर उनले क्याम्पनोउमा सोचे अनुसार खेल देखाउन सकेका थिएन्न ।

लिओनल मेस्सी पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएपछि ग्रिजमन बार्सिलोनामै बस्ने अनुमान थियो ।

तर ३० वर्षीय ग्रिजमन एट्लेटिको फर्किए ।

बार्सिलोनाका लागि १०२ खेलमा ३५ गोल गरेका थिए ।

त्यसअघि उनले एट्लेटिको मड्रिडका लागि २५७ खेलमा १३३ गोल गरेका थिए ।

ट्रान्सफर विन्डोको अन्तिम दिन ग्रिजमनसँगै अरु दुई खेलाडीले पनि बार्सिलोना छाडे ।

राइट ब्याक इमर्सन रोयल प्रिमियर लिग क्लब टोटेनहम हट्सपरमा अनुबन्ध हुँदा युवा मिडफिल्डर एलाइक्स मोरिबा जर्मन क्लब आरबी आइपजिग पुगे ।

ग्रिजमनलाई भित्र्याएपछि एट्लेटिकोले साउल निगेजलाई प्रिमियर लिग क्लब चेल्सीमा लोनमा पठाएको छ ।

ग्रिजमनलाई लोनमा पठाए पछि बार्सिलोनाले सेभियाबाट डच खेलाडी लुक डे जोङलाई अनुबन्ध गरेको छ ।

बार्सिलोनाले जोङलाई एक वर्षका लागि लोनमा भित्र्याएको हो ।

उनी २०२२ जुन ३० सम्म बार्सिलोनामा बस्नेछन् ।

बार्सिलोनामा रहँदा उनको तलब बार्सिलोनाले तिर्नेछ ।

यस्तै क्लबमा स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प समेत राखिउको छ ।

सेभियामा ६९ खेल खेल्दै १० गोल गरेपछि जोङ बार्सिलोनामा पुगेका हुन् ।

सन् २०१४ देखि २०१९ सम्म डच क्लब पिएसभी आइन्डहोभनमा खेलेर उनी सेभियामा अनुबन्ध भएका थिए ।

त्यसअघि उनले डे ग्राफचास, ट्वेन्टे र बोरुसिया मोन्चेनग्लाडबाकबाट खेलेका थिए ।

यो पनिः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...