YouTube Link

विश्व नम्बर एक बार्टी यूएस ओपनको दोस्रो चरणमा

यूएस ओपन टेनिस

Facebook Link

एजेन्सीः विश्व नम्बर एक एश्लेघ बार्टीले रुसकी भेरा जेभोनारेभालाई २–० को सोझो सेटमा पराजित गरेकी छिन् ।

यो जितसँगै यूएस ओपन टेनिसको दोस्रो चरणमा स्थान बनाएकी छिन् ।

अष्ट्रेलियाकी बार्टीले पहिलो सेट सहजै जिते पनि दोस्रो सेटमा संघर्ष गर्नु परेको थियो ।

विम्बल्डन ओपन विजेता बार्टीले ६–१, ७–६९९र७० को सेटमा विजय हासिल गरेकी हुन् ।

‘‘भेरा अनुभवी खेलाडी हुन्,’’विश्व नम्बर एक बार्टीले भनि, पहिलो सेटमा मेरो सर्भिस एकदम राम्रो भएको थियो ।

दोस्रो सेटमा संघर्ष गर्नुपरे पनि सोझो सेटमा जित निकाल्न सफल हुँदा खुसी छु ।’’

२५ वर्षिया बार्टीले यो सिजन विम्बल्डनसहित पाँच प्रतियोगिताको उपाधि जितेकी छिन् ।

उनी यूएस ओपनको उपाधि जित्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छिन् ।

बार्टीले अब दोस्रो चरणमा क्लारा टाउसनविरुद्ध खेल्नेछिन् ।

डेनमार्ककी १८ वर्षिया टाउसनले फ्रान्सकी क्लारा बुरेललाई ७–५, ६–० को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

सातौं वरीयाताप्राप्त पोल्यान्डकी इगा स्विटेकले अमेरिकाकी जेमी लोइबलाई ६–३, ६–४ को सोझो सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाइन् ।

२० वर्षिया स्विटेकले अब फ्रान्सकी फिओना फेर्रोसँग प्रतिस्पर्धा गर्नेछिन् ।

२४ वर्षिया फेर्रोले जापानकी नाओ हिबिनोलाई ६–१, ६–४ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

दशौं वरीयाताप्राप्त चेक गणतन्त्रकी पेत्रा केभितोभाले दोस्रो चरणमा आफ्नै देशी क्रिष्टियना प्लिसकोभाविरुद्ध प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

केभितोभाले स्लोभेनियाकी पोलोना हेर्कोगलाई ६–१, ६–२ को सेटमा हराएकी हुन् ।

प्लिसकोभाले मोन्टेनेग्रोकी डन्का कोभिनिकलाई ६–४, ६–३ को सेटमा हराएकी हुन् ।

चाडो गरी भएको खेलमा चौथो वरियाताकी क्यारोलिना प्लिसकोभाले क्याथरिन म्याकनेलीलाई ६–३, ६–४ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेकी छिन् ।

यो पनिः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...