YouTube Link

पेरिस सेन्ट जर्मन (पीएसजी)बाट मेस्सीले राइम्स विरुद्ध डेब्यु

एकैसाथ मैदानमा मेस्सी, नेमार र एमबाप्पे

Facebook Link

एजेन्सीः पेरिस सेन्ट जर्मन (पीएसजी)बाट लियोनल मेस्सीले आइतबार राइम्स विरुद्धको खेलबाट डेब्यु गर्दै छन् ।

यसै सिजन बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका मेस्सीले डेब्युको मौका पाएका थिएनन् ।

पिएसजीले लिग वानको चौथो खेलमा आज राइम्ससँग प्रतिस्पर्धा गर्दै छ ।

खेल नेपाली समय अनुसार मध्यराति साढे १२ बजे हुनेछ ।

सुरुवाती ३ खेलमा बेन्चमा रहेका मेस्सी आजको खेलमा पहिलो रोजाइमा मैदान उत्रन्छन् वा बेन्चमा रहन्छन् भन्ने एकीन भने अझै भएको छैन ।

पिएसजीका फरवर्ड माउरो इकार्डी घाइते भएका कारण मेस्सीले सुरुवाती रोजाइमा खेल्ने सम्भावना पनि छ ।

सुरुवाती रोजाइमा नपरे सम्भवत उनी खेलको अन्तिम ३० मिनेटमा मैदान उत्रन सक्नेछन् ।

कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी लामो समय विश्राममा थिए ।

पिएसजीमा पुगेपछि पछिल्लो दुई साता उनी टोलीसँग प्रशिक्षणमा छन् ।

राइम्सविरुद्धको आजको खेलमा मेस्सीसँगै नेमार र केलियन एमबाप्पे एकैसाथ मैदानमा देखिने सम्भावना रहेको छ ।

मेस्सी दायाँ, नेयमार बाँया र एम्वापे सेन्ट्रल भागबाट खेल्ने छन् ।

एम्बापेको बहिर्गमनको चर्चा चलिरहँदा उनी टोलीसँग राइम्सको घरेलु मैदान स्टेड अगुस्टेन पुगेका छन् ।

टोलीका प्रशिक्षक मौरिसियो पोचेटिनोले भने एमबापेले क्लव छाड्ने बारे अहिलेसम्म आफुलाई केही जानकारी नगराएको बताएका छन् ।

यस अघिका तीन खेलमा मेस्सी र नेयमारविनै मैदान उत्रेको पीएसजीले शतप्रतिशत नतिजा निकालेको थियो ।

तीन खेलबाट ९ अंक जोडेको पिएसजी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

तीनै खेलमा बराबरी गरेको राइम्स तीन अंकसहित तालिकाको १२औँ स्थानमा छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...