YouTube Link

भरतमणि दोस्रो संस्करणको ‘कमेडी च्याम्पियन’को फाइनलमा प्रवेश

‘माइम एक्ट’ थिममा संवादहीन अभिनय पस्किएका विक्की अग्रवाल रुँदै स्टेज छोडेपछि…

Facebook Link

काठमाडौं: रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करणको फाइनलमा भरतमणि पौडेल प्रवेश गरेका छन् ।

 

शनिबार प्रसारण भएको कार्यक्रममा भरतमणिले पूर्व युवराज पारस शाहको अवतारमा आफूलाई प्रस्तुत गरेका थिए । सो अवतारको अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

 

हाल युट्युबको ट्रेन्डिङ नम्बर दुईमा रहेको कार्यक्रममा भरतमणिले पूर्व युवराज पारसको बोलीको नक्कल गर्दै निर्णायकहरुमाथि कटाक्ष गरेका थिए ।

 

पछिल्लो पटक हेलमेट विवादमा आएका पूर्व युवराजको विषयवस्तुलाई पनि उनले समेटे । उनको यो प्रस्तुतिलाई दर्शकले जस्तै निर्णायकले पनि उत्तिकै मन पराएका थिए ।

 

यो प्रस्तुतिसँगै उनी कमेडी च्याम्पियनको दोस्रो संस्करणको फाइनलमा प्रवेश गरेका हुन् ।

 

विक्की अग्रवालले रुँदै स्टेज छोडेपछि…

 

यसैबीच भारतको सिक्किमदेखि आएर प्रतिस्पर्धा गरिरहेका विक्की अग्रवालले कमेडी च्याम्पियनको स्टेजमा पहिलोपटक ‘माइम एक्ट’ ट्राइ गरेका थिए ।

 

मानिस निदाएको बेला मन कसरी सक्रिय हुन्छ ? भन्ने थिममा उनले संवादहीन अभिनय पस्किएका थिए ।

 

तर, आवश्यकताभन्दा बढी प्रयोग गर्न खोज्दा यो प्रस्तुति उनका लागि कतै ‘आत्मघाती’ बन्ने त होइन भन्ने चिन्ता आम दर्शकको मनमा उब्जेको छ ।

 

मोनोलगको सहारामा विक्कीले दिएको प्रस्तुति कलात्मक थियो र उनी फरक टेस्ट दिन सफल भए । तर उनको प्रस्तुति भने ‘कमेडी’ थिएन ।

 

कमेडी च्याम्पिनयमा दर्शक हँसाउने प्रतिस्पर्धाको निर्णायक मोडमा विक्कीले थियटरमा देखाउनेजस्तो गम्भीर र अमूर्त खालको प्रहसन गरेर कठोर निर्णय गरेका छन् ।

 

विक्की स्वयंले आफू फाइनलका लागि छनोट हुन नसक्ने खतरा बुझेर पनि यो विधा छनोट गरेको उनले बताए ।

 

‘मलाई थाहा छ, मलाई यसले फाइनलमा नपुर्‍याउन सक्छ,’ प्रस्तुतिपछि भावुक देखिएका उनले भने ।

 

विक्कीको प्रस्तुतिमा सन्तोष पन्तबाहेकका तीन जना निर्णायकले ‘स्टान्डिङ अभेसन’ दिएर तारिफ गरेका थिए ।

 

निर्णायकमण्डलका प्रदिप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले एक स्वरले विक्कीको प्रशंसा गरिरहँदा सन्तोष पन्तले भने अलि क्रिटिकल कमेन्ट गरे ।

 

‘नेपाली समाजले र दर्शकले तिम्रो प्रस्तुति बुझ्दैन । मैले त बुझिनँ । यो हँसाउने शो हो, तर तिम्रो प्रस्तुतिमा कोही हाँस्यो त ? तिम्रो आफ्नै टेस्ट छ, त्यसलाई नै निरन्तरता देउ ।’

 

पन्तको जवाफमा विक्कीले भने, ‘यदि म आउट भएँ भने पनि मलाई जिरो पर्सेन्ट पनि पश्चाताप हुने छैन पेन्टोमाइम एक्ट गरेकोमा ।’

 

प्रदिप भट्टराईले थप बोल्दै गर्दा विक्की अचानक स्टेजबाट बाहिरिए । उनी ब्याकस्टेजमा गएर रुन थालेपछि प्रोग्राम होस्ट र जजहरु गएर सम्हालेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...