बेलायतको चर्चित एथलेटिक्स लण्डन म्याराथन अक्टोबरमा
स्काई स्पोर्ट्सले जनाए
वि.सं.२०७८ भदौ २ बुधवार ११:३७
एजेन्सीः बेलायतको चर्चित एथलेटिक्स प्रतियोगिता लण्डन म्याराथन अक्टोबरमा हुने भएको छ ।
आयोजक लण्डन म्याराथनले सन् २०२२ को प्रतियोगिता अक्टोबरमै हुने जनाएको स्काई स्पोर्ट्सले जनाएको छ ।
सन् २०२१ को लण्डन म्याराथन प्रतियोगिता पनि अक्टोबरमै भएको थियो ।
त्यस संस्करणको उपाधि इथोपियन धावक शुरा किटाटाले जितेका थिए ।
सेन्ट जेम्स पार्कमा हुने लण्डन म्याराथनको मिति भने तय भएको छैन ।
सन् १९८१ बाट सुरुवात भएको लण्डन म्याराथन अप्रिलमा हुँदै आईरहेको थियो ।
तर पछिल्लो तीन वर्ष यता लण्डन म्याराथन अक्टोबरमा हुँदै आईरहेको छ ।
यो पनि पढ्नु होस्ः अर्जेन्टिनाका स्टार खेलाडी मेस्सीले लिग वानमा डेब्यू गर्ने
वि.सं.२०७८ भदौ २ बुधवार ११:३७