YouTube Link

डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जित्यो जर्मन सुपर कप

दुई जर्मन क्लब विच निकै प्रतिस्पर्धात्मक

Facebook Link

एजेन्सीः जर्मनको वेस्टफलन रंगाला अर्थात बोरुसिया डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा बायर्न म्युनिखले डर्टमन्डलाई हराउँदै जर्मन सुपरकपको उपाधि जितेको उचालेको छ ।

मंगलबार राति सम्पन्न खेलमा बायर्नले डर्टमन्डलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिमा कब्जा जमाएको हो ।

दुई जर्मन क्लब विच निकै प्रतिस्पर्धात्मक खेलमा बायर्नका लागि रोबर्ड लेवान्डोस्कीले दुई गोल गरेका थिए ।

जर्मनका स्टाईकर थोमस मुलरले पनि एक गोल गरेका थिए। डर्टमन्डका लागि भने मार्को रिउसले गोल फर्काए ।

पहिलो हाफको ४१औं मिनेटमा लेवान्डोस्कीले सर्ज गन्याब्रीको पासमा गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए ।

लेवान्डोस्कीको गोलसँगै पहिलो हाफमा एक गोलले अघि रहेको बायर्नले दोस्रो हाफको ४९औं मिनेटमा अग्रतालाई दोब्बर बनायो ।

यसपटक थोमस मुलरले पोस्ट नजिकैबाट सहजै गोल गरे।

यता दुई गोलले पछि परेको डर्टमन्डका रिउसले बेलिङ्घमको पासमा गोल गर्दै खेललाई २–१ को स्थिति बनाए ।

डर्टमन्ड खेलमा फर्किने कोशिस गरे पनि त्यो सफल हुन सकेन ।

७४औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–१ गोल अन्तर बनाए ।

जर्मन सुपर कपमा बुन्डेसलिगाको विजता र जर्मन सुपर कपको विजेताले प्रतिस्पर्धा गर्छन् ।

यसमा एक फाइनल खेल मात्र हुन्छ ।

पछिल्लो सिजनको बुन्डेसलिगामा बार्यनले कीर्तिमानी लगातार नौ पटक बुन्डेसलिगाको उपाधि जितेको थियो ।

त्यस्तै, डर्टमन्डले जर्मन कपको उपाधि जितेको थियो ।

ति दुईबीचको प्रतिस्पर्धामा भने बायर्न विजयी भएको छ ।

यो पनि पढ्नु होस्ः बेलायतको चर्चित एथलेटिक्स लण्डन म्याराथन अक्टोबरमा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...