हेर्नुहोस् तपाईको आज २०७८ भदौ २ गते बुधबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ भदौ २ बुधवार ०६:२०
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन राम्रो रहनेछ, सुख शान्ति प्राप्त हुने, विवादमा सफलता पाइने, शत्रुबाधाबाट मुक्त भइने, प्रयास गर्नुभएको छ भने कतैबाट धन अथवा सामाग्रीको प्राप्ति योग पनि बनिरहेको छ, नजिकका व्यक्तिहरुबाट माया प्रेम पाइने अथवा आफूले अभिव्यक्त गर्न सकिने सम्भावना बन्न सक्छ । साझेदारी कार्यमा फाइदा हुने खालको दिन छ, विवाहसम्बन्धि आइरहेका अप्ठयाराहरुलाई आज समाधान गर्ने अवसरको रुपमा लिनुभएमा दिन सुखद हुनेछ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मध्यान्ह १२ बजेपछि समय लाभदायक रहने छ, कार्य सफलता, स्वास्थ्य राम्रो, मनोरन्जनमा समयमा मन लोभिने, अचानक धन प्राप्ति, रति सुखको प्राप्ति, सन्तानहरुको प्रगति, बन्धुजनबाट सुख, लगायत मन प्रफुल्लित हुने खालका क्रियाकलाप हुन सक्लान । कसै कसैलाई आफनै घरमा पाहुना सत्कार तथा उत्तम खानपानमा व्यस्त हुनु पर्ने अवस्था आउन सकछ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन सोचे जस्तो नभइदेला , मानसिक अशान्ति, शोक वा चिन्ताले गाँज्ने, कार्य हानी, मार्गमा बाधा, कुनै कुराप्रति अनावश्यक आसक्ति बढन जाने सम्भावना बन्ला, साथै शारिरिक कष्ट, स्वास्थ्यमा बाधा वा धपेडी पर्ने योग रहेकोले बिशेष सावधानी अपनाउनु होला, लामो छोटो यात्रा गर्दै हुनुहुन्छ भने सावधान रहनुपर्नेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन अस्थिर वा चन्चल रहने, कुनै कुराको भयले सताउने, विश्वास गरेकाहरुले निराश गर्नेछन् , धन, स्थाइ सम्पत्ति वा आर्थिक कुराहरुसँग सम्बन्धित समस्याहरुले सताउने सम्भावना छ, कार्य हानी, मानहानी, स्थानहानी को योग भएकोले सतर्क रहनुहोला । घरेलु समस्या, आफन्त तथा बन्धुजनलाइ पीडा, चोटपटक जस्ता कुराहरु हुन सक्छन्, आज विवादबाट सकेसम्म बच्ने प्रयास गर्नुहोला । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, भोजन तथा निद्रामा असुविधा हुने सम्भावना छ, मित्र घात वा अनावश्यक खर्च आजको मूख्य समस्या बन्न सक्छ । कसैकसैलाई स्त्रीवर्गबाट पिडा प्राप्त हुन सक्ला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अप्ठयारो कुराहरुबाट पार पाइने, आर्थिक पक्षमा सुधार देखा पर्ने, शत्रुबाधाहरु हटने, सकारात्मक व्यक्तिहरुसँग अथवा मनले चिताएको मित्र सम्पर्क भेटघाट हुने अथवा उनीहरुको साथ र सहयोग प्राप्त हुने । नोकरीमा सुखद परिणाम हुने सम्भावना बन्न सक्छ । दाम्पत्य सुख तथा प्रेम सम्बन्धको लागि समय राम्रो छ । विवाह सम्बन्धि सुखद कुराहरु हुन सक्छन् । आफुभन्दा कम उमेरकाहरु बाट आज जोगिनु होला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक असन्तोष, नेत्र पिडा हुने अथवा घाँटीभन्दा माथि समस्या आउन सक्ने । कामहरु बिग्रन सक्ने भएकोले कर्म क्षेत्रमा अलि सावधानि अपनाउनु होला, आज आफनो नजीकका सँग विवादबाट बच्नु होला, कसैको पक्ष मा नलाग्नु नै बेश हुनेछ, तँपाइको रिस गर्नेहरुले बढन सक्छन, लगानी सम्बन्धि कार्यलाइ आज अगाडि नबढाउनु भएमा राम्रो ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले साथ दिने, रोगव्याधिबाट राहत मिल्ने, भोग विलास तथा विविध सुखको प्राप्ति, मित्रबाट सहयोग पाइने अथवा लाभ मिल्ने सम्भावना छ कसै कसैलाई मान सम्मान प्राप्त हुने योग छ । फरक खालको वा विशेष खानपीन हुनसक्ने, रमाइलो जमघटमा सरीक हुन पाइने, अथवा आदर सत्कारमा सरीक हुन पाइने सम्भावना पनि छ । आज दाम्पत्य सुख मिल्नुको साथै घरायसी सुखमा ध्यान जान सक्ने, प्रयास गरेमा व्यवसायिक लाभ मिल्ने खालको दिन पनि बन्न सक्छ । उमेर पुगेका अविवाहित हुनु हुन्छ भने विवाह सम्बन्धि कुराहरु अगाडि बढाउनको लागि राम्रो दिन छ, व्यापारी तथा व्यवसायी वर्गलाई दिन राम्रो रहनेछ ।
कर्म क्षेत्रमा अलि सावधानि अपनाउनु होला, आज आफनो नजीकका सँग विवादबाट बच्नु होला, कसैको पक्ष मा नलाग्नु नै बेश हुनेछ, अनावश्यक खर्च, शोक कष्ट पर्ने, मानसिक तथा शारिरिक व्यथाले सताउने, कामको कदर नहुने अथवा गरेको जस नपाइने, कार्य बाधा र धनसम्पत्ति शेयर हानीको योग छ । नाता कुटुम्बीहरुबाट घृणा मिल्ने वा सहयोग नपाइने सम्भावना छ । लगानीलाइ अहिले समय प्रतिकुल छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन शुभ रहनेछ । मन प्रसन्न हुने, ईच्छित फल पाउने । धन तथा द्रव्य लाभ, भौतिक तथा मानसिक सुख पाइने, आफन्त वा पाहुनाहरुको आगमन हुने, वा भोजभतेर तथा खानपीनमा सरीक भइने योग छ , रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा लाभको स्थिती वा एक भन्दा बढी क्षेत्रमा प्रयास गरिने अवस्था आउन सक्छ, अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार पनि आउन सक्ने योग छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभ फल प्राप्त हुने । चिताएको पुग्ने वा शुभ समाचार प्राप्त हुने योग देखिएको छ । कार्य सफलता, उत्तम स्वास्थ्य स्थिती, परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । नयाँ कार्यको लागि योजना थालनी गर्न सक्नु हुन्छ । सरकारी सेवामा हुने हरुलाई लाभ मिल्ने योग छ । पहिले देखि प्रयास गरिरहनु भएको छ भने आय स्रोतको नयाँ सम्भावना पनि फेला पर्न सक्छ, शेयर बजार वा अन्य निवेशको लागि समय उत्तम छ ।
दिन सोचे अनुरुप नहुन सक्छ, भाग्यले आज अलि कन्जुस्याई गर्नेछ । शारिरिक कष्ट वा धपेडी पर्ने योग रहेकोले स्वास्थ्यको विशेष ख्याल गर्नु होला, कृष्ण पक्षको चन्द्रमा मा जन्मनु भएको हो भने कानूनी झमेलाको सम्भावना बन्न सक्छ, सन्तान पक्षबाट समस्या वा तनावको स्थिति आउन सक्छ, व्यवसाय हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने पनि हुन सक्छ, कसै कसैलाई स्थान छोडनु पर्ने वा टाढाको यात्रा गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नखाएको विष लाग्ने अथवा नसोचेको आरोप लाग्ने सम्भावना छ । स्वास्थयमा विषेश सतर्कता अपनाउनु होला, खानपान तथा भोजनमा समस्या आउने वा अपचको स्थितीले चिन्ता थपिन सक्छ । विवाद तथा मनमुटाव आदि हुने योग भएकोले सचेत रहनु पर्नेछ । निरर्थक भ्रमण नहोला भन्न सकिँदैन, आज अलि पाइला पाइलामा सचेत भएर अगाडि बढनु पर्नेछ । अनादर र अपमान हुने सम्भावना बनेको छ ।