Texas College
YouTube Link

बर्म्यूडाका फ्लोरा डफीले ओलिम्पिमा स्वर्ण पदक जितेकी छिन्

स्वर्ण पदक जित्ने सबैभन्दा सानो देश

Facebook Link

एजेन्सी: बर्म्यूडाका ३३वर्षीया फ्लोरा डफीले टेाकियेा ओलिम्पिमा ट्रायाथ्लन खेलमा स्वर्ण पदक जितेकी  छिन् ।

६३,००० हजार जनसङ्ख्या भएको बर्म्यूडा ग्रीष्मकालीन ओलिम्पिक्समा स्वर्ण पदक जित्ने सबैभन्दा सानो देश बन्न पुगेको छ।

बर्म्यूडाका तेत्तीस वर्षीया फ्लोरा डफी चौथो पटक ओलिम्पिक्समा सहभागी भएकी थिइन्।

उक्त खेलका लागि मैदानमा रहेका ५६ महिलामध्ये उनी उत्कृष्ट साबित भइन्।

उनले ट्रायाथ्लनका सबै कार्य एक घण्टा ५५ मिनेट ३६ सेकेन्डमा पूरा गरिन्।

त्यो भनेको ब्रिटेनकी जोर्जिया टेलर-ब्राउन र अमेरिकाकी केटी जाफेरेसको तुलनामा एक मिनेट अगाडि हो।

सन् १९७६ मा क्लारेन्स हिलले बक्सिङमा कांस्य पदक जितेपछि उक्त देशको नाममा त्यो कीर्तिमान कायम भएको थियो।

अहिले उसले स्वर्ण पदकको पनि कीर्तिमान बनाएको छ।

लामो दूरी

फ्लोरा डफीले जितेको ५१ किलोमिटर ट्रायाथ्लन बर्म्यूडा द्वीप समूहको एक छेउबाट अर्को छेउमा हिँड्नु भन्दा बढी लामो दूरीको थियो।

डफीले किशोरी अवस्थामा ब्रिटेनको प्रतिनिधित्व गर्न अस्वीकार गरेकी थिइन्।

उनले सन् २०१८ को कमनवेल्थ गेम्समा बर्म्यूडाको पहिलो महिला विजेता भएर इतिहासमा नाम लेखाइसकेकी छन्।

हर्षको आँसु

जब उनले अन्तिम रेखा पार गरिन् एउटा ठूलो मुस्कान हर्षको आँसुमा परिणत भयो।

“मैले संयम कायम राखेँ र मेरो दिमागमा यो अन्तिम किलोमिटरको दौड हो भन्ने सोच आउन दिइनँ।”

“मैले सडकको किनारामा मेरा पतिलाई देखेँ, उनी मेरा प्रशिक्षक पनि हुन्। अनि उनीतर्फ हेरेर म सामान्य रूपमा मुस्काएँ।”

उनले सन् २००८ र २०१२ का ओलिम्पिक्समा पनि सहभागी भएकी थिइन्।

सन् २०१६ को रियो ओलिम्पिक्समा उनलाई पदक जित्ने आशा थियो तर उनी आठौँ स्थानमा मात्र आउन सफल भइन् ।

सन् २०१८ देखि २०१९ सम्म उनले चोटका कारण कुनै पनि प्रतियोगिता खेल्न पाइनन्।

सन् २०२० लागेपछि उनले घुँडा सुनिने समस्या भोगिन्।

“आश्चर्यजनक लाग्छ।

अर्थात् यसले सबै चोटपटक, कठिन समय र आँसुलाई पनि पूर्ण रूपमा

यसको लायक बनाउँछ,” उनी भन्छिन्।

येा पनि पढ्नु हेास्:

३२औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापानले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...