YouTube Link

सिवाईसी नेपाल लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने

Facebook Link

काठमाडौं:  सिवाईसी नेपाल लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले ३.९५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

 

सिवाईसी नेपाल लघुवित्त संस्थाले ३ करोड ९५ लाख ३३ हजार ५०० रुपैयाँ बराबरको आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्कासनको तयारी गरेको हो ।

 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

 

सिवाईसी नेपाल लघुवित्तका प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले यस सम्बनधमा भएको सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।

 

बागलुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यो लघुवित्तले हालैमात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई प्राप्ति गरेको थियो।

 

प्राप्तिपश्चात संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ रुपैयाँ रहेको छ। संस्थापक समूहको ६७.५० प्रतिशत सेयर रहेको संस्थामा एउटा संस्थासहित ९९ जना संस्थापक सेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँबराबरको सेयरपुँजी चुक्ता भइसकेको छ।

 

संस्थाले हाल ३७ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ४७ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरी वित्तीय सेवा दिँदै आइरहेको छ।

 

यो पनी पढ्नुहोस् :

ग्रिन टायर प्रालिले ट्रयाक्टरको टायर उत्पादन गरेर बजारमा उपलब्ध

 

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...