नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक नै अन्तिम बैठक बनाउने तयारी
वि.सं.२०७८ असार २३ बुधवार १५:१३
2.3K
shares
काठमाडौं: नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक रुपले अघि बढेको छ ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु आज सिंहदरबारमा छलफलमा जुटेका थिए ।
अब, कार्यदलमा रहेका नेताहरूले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमतिलाई अन्तिम रुप दिने तयारी गरेका छन् ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक नै अन्तिम बैठक बनाउने उनीहरूको तयारी छ ।
मंगलबार बसेको कार्यदल बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका थिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि फरक फरक गतिविधि गर्दै आएका एमालेका दुई समूहलाई मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन् ।
वि.सं.२०७८ असार २३ बुधवार १५:१३



















