YouTube Link

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड

Facebook Link

काठमाडौं:  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो ।

 

जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका थिए।

 

क्यापिटलका अनुसार यो आईपीओमा कुल २० लाख ८७ हजार ३१७ आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ३४० कित्ता माग भएको छ। जसमध्ये ३५ हजार ८०५ आवेदकबाट माग भएको ५ लाख २५ हजार ३४० कित्तालाई शंकास्पद भनिएको छ।

 

यसैगरी ३ हजार ४७१ आवेदकबाट परेको ५४ हजार २४० कित्ता बदर गरिएको छ। आस्बा सेवाबाट कुल ६५ हजार ५३८ आवेदकबाट माग भएको १४ लाख ७० हजार ७४० कित्ता खारेज गरिएको छ।

 

यो आईपीओमा २० लाख १८ हजार ३०८ आवेदकबाट माग भएको २ करोड ९७ लाख ७४ हजार ३६० कित्ता सदर गरिएको छ।

 

सदर आवेदकमध्ये गोलाप्रथाबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। १० कित्ताभन्दा बढी माग गर्दै आवेदनहरुमध्येबाट ५ जनाले गोलाप्रथा थप १÷१ कित्ता सेयर पाएका छन्।

 

यो आईपीओमा २० लाख ८७ हजार ३१७ आवेदन परेको थियो। जुन हालसम्म सर्वाधिक आवेदन हो। यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० आवेदन परेको थियो।

 

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि सीडीएससीको https://iporesult.cdsc.com.np/  का साथ धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल र सम्बन्धित धितोपत्र निष्कासनकर्ता जीवन विकास लघुवित्तको वेबसाइटमा पनि हेर्न सकिनेछ।

 

यो पनी पढ्नुहोस् :

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढायो

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...