Agricultural Development Bank Limited

डा. खगेन्द्रनाथ शर्माको “अकविता” कविता सङ्ग्रह विमोचन

काठमाडौं: नेपाली राजनीति विशेषज्ञ, सर्जक-लेखक, तथा ईलाम कलेजका संस्थापक प्राचार्य डा. खगेन्द्रनाथ शर्माको कविता सङ्ग्रह “अकविता”को डिजिटल मार्फत विमोचन भएको छ ।

 

नेपालमा नै पहिलो पटक आयोजना गरिएको कविता सङ्ग्रहको डिजिटल विमोचन एरो एड इ. प्रा. लि. ले जुम तथा क्लबहाउसबाट सम्पन्न गरेको हो ।

 

एरो एडका प्रबन्ध निर्देशक विजय अधिकारीको संयोजकत्वमा आयोजित कार्यक्रममा कविता क्षेत्रका विशेष अतिथि तथा डा. शर्माका परिवारका सदस्यहरू जुम र क्लबहाउसबाट डिजिटल विमोचनमा सरिक भएका थिए ।

 

कवि केदार शर्मा, कवि राजेन्द्र शलभ, कवि विश्वविमोहन श्रेष्ठका साथै कविताको क्षेत्रमा निरन्तर कलम चलाइरहने धरणी गौतम तथा पुरुषोत्तम सिग्देलले कवि शर्मालाई बधाई ज्ञापन गर्दै पुस्तकको भौतिक तथा डिजिटल कपि विमोचन गरेका थिए ।

 

कवि शर्माले ८२ वर्षको उमेरपश्चात् सिर्जना गरेका कविताहरू मनोहरा साहित्य समाजद्वारा निरन्तर आयोजित कार्यक्रममा वाचन भइसकेका छन् ।

 

४ वर्षको अन्तरालमा रचिएका कविताहरूको सङ्ग्रह नै “अकविता” नामले हाल पुस्तक तथा डिजिटल कपिमा उपलब्ध छन् ।

 

एरो एडकै कार्यसम्पादनमा पुस्तकको सम्पादन, डिजाइन, तथा कला-सज्जाको काम सम्पन्न भएको हो ।

 

डा. शर्माले भने- “परिवार तथा सर्जकहरूको निरन्तर प्रोत्साहन तथा उक्साइबाट मैले यो कविता सङ्ग्रह प्रकाशन गर्ने जमर्को गरें । यसको प्रकाशनमा संलग्न मेरा छोरा किशोर शर्मा तथा एरो एडका सम्पूर्ण सदस्यहरूलाई म कृतज्ञता ज्ञापन गर्दछु ।”

 

कवि डा. शर्माको कृति “अकविता” को भौतिक कपि एरो एडमा उपलब्ध छ ।

 

Salt Trading

Kumari Bank Below Inner
Alice Education home sports
Umakunda
काठमाडौं महानगरले आज ५० वर्ष माथिकालाई भेरोसेल खोप लगाउँदै

काठमाडौं महानगरले आज ५० वर्ष माथिकालाई भेरोसेल खोप लगाउँदै

वि.सं.२०७८ साउन १४ बिहीवार ०९:२७

काठमाडौं: काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर...

हेर्नुहोस् तपाईको आज २०७८ साउन १४ गते बिहीबारको तपाईको राशिफल

हेर्नुहोस् तपाईको आज २०७८ साउन १४ गते बिहीबारको तपाईको राशिफल

वि.सं.२०७८ साउन १४ बिहीवार ०६:४३

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिनप्रतिकुल...

१३ औं दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी गौरिका बाहिरिन्

१३ औं दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी गौरिका बाहिरिन्

वि.सं.२०७८ साउन १३ बुधवार १७:१९

एजेन्सीः टोकियो ओलम्पिकमा आज १३ औं दक्षिण एसियाली खेलकुदका कीर्तिमानी...

बर्म्यूडाका फ्लोरा डफीले ओलिम्पिमा स्वर्ण पदक जितेकी छिन्

बर्म्यूडाका फ्लोरा डफीले ओलिम्पिमा स्वर्ण पदक जितेकी छिन्

वि.सं.२०७८ साउन १३ बुधवार १५:४७

एजेन्सी: बर्म्यूडाका ३३वर्षीया फ्लोरा डफीले टेाकियेा ओलिम्पिमा ट्रायाथ्लन खेलमा स्वर्ण...

३२औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापानले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ

३२औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापानले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ

वि.सं.२०७८ साउन १३ बुधवार १५:११

एजेन्सी: जापानमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापानले आफ्नो प्रभावशाली...

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै

वि.सं.२०७८ साउन १३ बुधवार १०:१७

काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर...