YouTube Link

अनलाइन क्लासको बहानामा मोबाइल लतले एक्लिदै बालबालिका

अधिकांश बालबालिकालाई अनलाइन क्लास मोबाइल खेलाउन पाइने गतिलो बहाना बनेको छ

Facebook Link

काठमाडौं: अनलाइन क्लासको बहानामा बालबालिका एक्लिदै गएका र उनीहरुको आनिबानीमा नकारात्मक परिवर्तन देखा पर्न थालेपछि अभिभावक चिन्तित बनेका छन् ।

 

अहिले अनलाइन क्लासका नाममा मोबाइल, ल्यापटप र कम्प्युटरमा बालबालिका व्यस्त हुने गरेका छन्, न बोलाएको सुन्छन्, न समयमा खाना खान्छन्, अनलाइन क्लासमा पनि ज्वाइन नभएको भनेर विद्यालयबाट अभिभावकलाई फोन आइरहन्छ ।

 

अनलाइन कक्षाको नाममा बिहान उठेदेखि राति ११/१२ बजेसम्म बालबालिका मोबाइल र ल्यापटपमा घोप्टिने गर्न थालेपछि अभिभावकले आ-आफ्ना बालबालिकाप्रति निगरानी त बढाउन थालेका छन् तर परिणाम भने झन् विपरीत प्राप्त भइरहेको अभिभावकको गुनासो रहने गरेको छ ।

 

प्रायः सबै अभिभावक मोबाइल फोन र इन्टरनेटले आफ्ना छोराछोरी कस्तो बाटोमा लाग्ने हुन् भन्ने कुराले चिन्तित हुन थालेका छन् । कोरोना संक्रमणका कारण भौतिकरुपमा उपस्थित भई विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएपछि विद्यालयले अनलाइन क्लास सञ्चालन गर्ने गरेका छन् । तर, अधिकांश बालबालिकालाई अनलाइन क्लास मोबाइल खेलाउन पाइने गतिलो बहाना बनेको छ ।

 

शुरु शुरुमा बालबालिकालाई भुलाउन मोबाइल दिने गरेका अभिभावक पनि मोबाइलबिना अहिले बस्नै नसक्ने भएपछि तनावमा छन् । पछिल्लो समय अभिभावकको मनमा एउटै मात्रै प्रश्न उठ्न थालेको छ–बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने ?

 

बालबालिकामा विकसित हुँदै गएको एकलकाँटे प्रवृत्तिको असर दीर्घकालसम्म पर्ने भएकोले यसतर्फ अभिभावक सचेत रहनुपर्ने समाजशास्त्री तथा बाल मनोविज्ञानका जानकारको राय रहेको छ ।

 

पछिल्लो समय अभिभावकको व्यस्त जीवनशैली र प्रविधि प्रयोगका कारण बालबालिका समाजमा घुलमिल हुन नचाहने, एकान्तमा बस्न रुचाउने जस्ता आनीबानी बढ्न थालेको पाईएको छ ।

 

मोबाइल फोन भेटेपछि घण्टौंसम्म एक्लै बस्ने, कोसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने जस्ता संस्कार बालबालिकामा हराउँदै गएको अभिभावकको गुनासो छ ।

 

भाईरस तथा स्लो हुनबाट तपाईंको कम्प्युटर यसरी जोगाउनुहोस्
तपाईको पेनड्राइभमा यसरी राख्नुहोस् पासवर्ड

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...