YouTube Link

सेकेण्ड ह्यान्ड मोबाइल सेटको बिक्रीमा सरकारको नीति प्रष्ट नहुँदा व्यवसायी मारमाः मोबाइल व्यवसायी महासंघ

Facebook Link

 

काठमाडौं: नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतका समयमा व्यवसायीहरुले झमेला भोग्नु परिरहेको बताएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतमा देखिंदै आएको कानुनी समस्याको समाधानतर्फ सरकारले चासो देखाउनुपर्ने बताएको हो ।

 

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल मर्मतका समयमा व्यवसायीहरुलाई असहज अवस्था रहेको र व्यवसायीहरु अनावश्यक झमेलामा पर्ने गरेको बताए । ‘चोरी भएका, हराएका मोबाइलहरु मर्मतका लागि व्यवसायीहरुसम्म आइपुग्दा सो बारे व्यवसायी जानकार नरहने तर मर्मतपछि प्रहरी प्रसासनसँगको समन्वय र कानुनी व्यवस्थाको अभाव हुँदा व्यवसायीहरु अनावश्यक झमेलामा पर्ने गरेका छन्, सरकारले यो समस्या समाधान गर्न कानुनी रुपमा नै बाटो खोज्नुपर्छ,’ अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा भने ।

 

भट्टराईले भन्सार छलीमार्फत भित्रने (ग्रे मोबाइल फोन)ले बजारको अवस्था बिग्रदो अवस्थामा पुर्याएको समेत बताए । जसका कारण सरकारको राजश्वमा घाटा भई देशको अर्थतन्त्रमा नकरात्मक असर बढ्दो रहेको उनको भनाइ छ । सो कारोबारको अन्त्य गर्नका लागि सरकारले तत्काल आवश्यक नीति बनाउनु पर्ने उनले बताए ।

 

संघका महासचिव रमेश घिमिरेले मोबाइल सेटको दोस्रो विक्री (सेकेण्ड ह्यान्ड कारोबार) मा सरकारको नीति प्रष्ट नहुँदासमेत विक्री सहज हुन नसकेको बताए । ‘मोबाइलको सेकेण्ड ह्यान्ड कारोबारमा सरकारको नीति प्रष्ट  छैन, नीति नहुँदा विक्री पनि सहज छैन, जसका कारण व्यवसायीहरु मारमा छन्, यसलाई व्यवस्थित बनाउँदा दोस्रो पटकको विक्रीको अवस्था बढ्ने र देशको पैसा देश भित्रै रहने वातावरण बन्ने छ, यो किसिमको कारोवार गर्न वैध व्यवस्था नहुँदा उपभोक्तासमेत मारमा छन् ।’ महासचिव घिमिरेले भने ।

 

यसैगरी नेपालमा मोबाइल एसोसरिजको अन्डर विलिङको कारोबारसमेत बढ्दो रहेको महसंघले जनाएको छ । त्यस्ता एसोसरिजहरु भन्सार भएर आउँदा नै सरकारले कडा रेखदेख र नीति कायम गर्न नसक्दा त्यसको मार साना व्यवसायीहरुले भोग्नु परिरहेको महासंघको दाबी छ । यसले समेत सरकारको राजश्वमा नकरात्मक असर रहेको महासंघले बताएको छ ।

 

महासंघको दोस्रो केन्द्रीय महाधिवेशन तथा तेस्रो साधारणसभा अगामी २५ जेठमा काठमाडौंमा हुँदैछ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महाधिवेशनको उद्घाटन गर्ने तयारी छ । महाधिवेशनबाट संघको आगामी नयाँ नेतृत्व चयन हुने छ । २०७६ मा तदर्थ समिति निर्माण भइ २०७८ असार २७ गते काठमाडौं जिल्ला प्रसासन कार्यालयमा दर्ता भएको नेपाल मोबाइल व्यवसायी महासंघको सात प्रदेशसहित ७० जिल्लामा शाखा छ । महासंघमा करिब २० हजार व्यवसायी जोडिएका छन् भने महाधिवेशनमा भने सात प्रदेशका ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...