YouTube Link

सुनकोशी जलविद्युत परियोजनाले रामेछापको कुनौरी र भटौलीका आदिवासी माझी महिलाहरूको जनजीवन प्रभावित

Facebook Link

 

काठमाडौं: रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ कुनौरी र भटौलीका आदिवासी माझी महिलाहरूको जनजीवनलाई नै प्रभाव पार्ने गरी सुनकोशी-२ जलविद्युत परियोजना बाँधको काम अगाडि बढेको प्रति गम्भीर ध्यानाकर्षण गर्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी विज्ञप्ति जारी गरेको छ ।

 

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ)ले गरेको अध्ययनले ती समुदायमा सामाजिक, सांस्कृतिक र मानसिक समस्या सिर्जना गरेको निष्कर्ष निकालेको थियो । महिला मानव अधिकारमा पर्ने असरहरूको मुल्यांकन गर्न यहि जेठ १५ र १६ गते मन्थलीको कुनौरी र भटौलीमा गरिएको स्थलगत भ्रमण गरि सोको नतिजा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गरि निफ र भ्रमणमा सम्मिलित अन्तर्राष्ट्रिय अध्ययन टोलीको धारणा सहित पत्रकार सम्मेलनको आयोजना गरि प्रेस विज्ञप्ति जारी गरेको हो ।

 

विज्ञप्तिमा भनिएको छ, ‘पूर्ण प्राकृतिक जीवन बाँच्दै आएका आदिवासी माझीहरुका लागि कथित विकास परियोजनाले उनीहरुमा इच्छा विपरित विस्थापनको जोखिम थोपारेको छ । एकतर्फी विकासको नारा लगाउँदै परियोजना अघि बढ्नु अर्को तर्फ माझी लगायत अन्य आदिवासी जनाजति समुदायको अस्तित्व, पहिचान र जीविकोपार्जन गुम्न सक्ने सम्भावनालाई अनदेखा गर्नु घोर आपत्तिजनक रहेको हाम्रो ठहर छ । विज्ञप्तिमा भनिएको छ- ‘माझी समुयदाय सुनकोशी नदीका अति निकट सरोकारवाला र पहिलो हकदार हुन् । उनीहरूको समस्या नसुनीकन स्थानीय सरकार अघि बढ्दा समुदायको सांस्कृतिक र जीवनशैलीमा आउन सक्ने परिवर्तनको र अनेकन जोखिमहरुको सामना गर्नु माझी समुदाय बाध्य देखिन्छन् । विशेषत: नदीसँगै सबै प्राकृतिक श्रोत साधन गुमाउनुपर्ने कहालीलाग्दो परिस्थितिमा माझी महिलाहरूले आफ्नो परिवार सम्हाल्न थप संघर्षको सामना गर्नुपर्ने देखिन्छ ।

 

तस्बीरः सुबास मुखिया सुनुवार

 

सुनकोशी-२ परियोजना सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका र रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको बीचबाट बग्ने सुनकोशी नदीमा अवस्थित छ । सुनकोशी-२ जलविद्युत परियोजना १११० मेगावाट र सुनकोशी-३ बाट ५३६ मेगावाट जलविद्युत परियोजनाहरूले माझी समुदायको पुर्खौली थातथलोमा, विद्युत विकास विभागद्वारा विकसित पम्प-भण्डारण परियोजनाहरू रहेका छन् ।

 

२०८१ साल जेठ १५ र १६ गते राष्ट्रिय आदिवासी महिला मञ्च र अन्तर्राष्ट्रिय संस्थाहरू एपीडब्लुएलडी, सेन्टर फर इकोनोमिक एण्ड सोसियल राइट्स (CESR) र संयुक्त राष्ट्र संघका प्रतिनिधिले मन्थलीका कुनौरी र भट्टौलीका माझी समुदायमा जलविद्युत बाँध परियोजनाको प्रभाव मूल्याङ्कन गरेका थिए । जुन प्रभाव मुल्यांकन परियोजनाको वर्तमान अवस्था र आदिवासी माझी महिलाहरूको मानवअधिकारको अवस्था बुझ्न गरिएको थियो ।

 

तस्बीरः सुबास मुखिया सुनुवार

 

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (NIWF) निफद्वारा सन् २०१८ देखि २०२० सम्म सहभागिता मूलक अनुसन्धान गरिएको थियो । अध्ययनको प्रतिफल अनुसार समुदायसँग कुनै रूपमा स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी लिइएको पाईएन । परियोजना कुन चरणमा पुगेको छ भनि निर्धारण गर्न तथ्यांक पनि उपलब्ध गराइएको छैन । समुदायसँग कुनै चरणमा पनि परामर्श नगरिएको देखिएकोले आवश्यक जानकारीको अभावले माझी महिलाहरूलाई आफ्नो भूमि र जीविकोपार्जनको सुरक्षाका लागि के गर्ने भन्ने चिन्तामा परेको देखिन्छ ।

 

प्रभावित महिलाहरूले परियोजनाका कारण सिर्जित कठिन परिस्थितिको समाधानका लागि हारगुहार गर्दै आइरहेका छन् । ती मध्येका स्थानीय सुकुमाया माझीका अनुसार यदि सुनकोशी किनारबाट उनीहरूलाई विस्थापित गराइएमा जीवनयापनका सम्पूर्ण आधारहरू गुम्न जाने र समुदायको सहयोग न्यानो सम्बन्धबाट अलग हुनुपर्ने बाध्यता रहेको छ । त्यस्तै, ममता माझीका अनुसार, नदी नै नभए माझीको अस्तित्व नै शुन्यमा पुग्नेछ । माझी आदिवासीको पहिचान र अस्तित्व सुनकोशी नदीसँग जोडिएको छ । त्यसकारण उनीहरू कुनैपनि हालतमा नदी गुमाउन चाहदैनन् ।

 

तस्बीरः सुबास मुखिया सुनुवार

 

पूर्ण कुमारी माझीका अनुसार जलवायु परिवर्तनका कारण नदी र नदी वरपरका जलचरहरू लोप हुँदै गएका छन् । उनीहरूले शुद्ध पिउने पानीको अभाव बेहोर्दै आइरहेका छन् । आफ्नो संस्कारका लागि चाहिने आवश्यक फलफूल, बोटबिरुवा र जडिबुटीहरू सजिलै उपलब्ध हुन छाडेको छ ।

 

सुनकोशी जलबिद्युत परियोजनाको निर्माण हुने बाँधका कारण माझी महिलाको मानवअधिकार हनन्का बिषयमा संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरूले गम्भिर चासो व्यक्त गरेका छन् । स्थलगत भ्रमणपछि उनीहरूले व्यक्त गरेका सरोकारलाई यस विज्ञप्तिमा समावेस गरिएको छ ।

 

तस्बीरः सुबास मुखिया सुनुवार

 

सेन्टर फर इकोनोमिक एण्ड सोसियल राइट्स (CESR)का कार्यकारी निर्देशक डा. मारियारोन बलसेराले ‘अन्य आदिवासी समुदाय जस्तै माझी महिला र बालिकाहरूले विभिन्न संकटहरु जस्तै जलवायु परिवर्तन र त्यसका असरहरूलाई एकसाथ सामना गरिरहेका छन् । कुनौरी र भटौलीका महिलाहरूले वेतन रहित स्याहार-सुसारको काम (अनपेड केयर वर्क) मार्फत राज्यको अर्थतन्त्रमा योगदान दिइरहेका छन् । नेपालले आफ्नो मानवअधिकारको दायित्व पूरा गरी विकास र वित्तीय निर्णयबाट प्रभावित आदिवासी समुदायको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्नुपर्दछ । जब विस्थापनको समस्या उत्पन्न हुन्छ, आत्मनिर्णयको अधिकार र न्यायिक प्रक्रियाको लागि स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी (एफपिक), जवाफदेही, सूचनामा पहुँच, साथै निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि पर्याप्त स्रोतको विनियोजन गर्न आवश्यक छ । नेपाल सरकारले आदिवासी महिला अधिकारमा नीजि संस्था, कर्पोरेसन र अन्यबाट हुनसक्ने मानवअधिकार उल्लङ्घन हुनबाट संरक्षण गर्नुपर्छ । आदिवासी अधिकारको सम्मान गर्नुपर्छ । आफूले अनुमोदन गरेका अन्तर्राष्ट्रिय महासन्धिहरू ICESCR, UNDRIP, ILO169, CEDAW, UNFCCC र अन्य प्रतिबद्धताहरू पूरा गर्नका लागि आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’

 

तस्बीरः सुबास मुखिया सुनुवार

 

आत्तिया वारिस (संयुक्त राष्ट्र संघका ऋण सम्बन्धी स्वतन्त्र विज्ञ र नैरोबी विश्वविद्यालयका प्राध्यापक)ले ‘कोभिड-१९ लगायत जलवायुपरिवर्तनको प्रभावको सामना गरिरहेको अवस्थामा, प्रभावित राष्ट्रहरू र त्यहाँका मानिसहरूमा आर्थिक संकट उच्च रहन्छ । यस अवस्थामा वातावरण संरक्षणमा केन्द्रित नव प्रवर्द्धनकारी वित्तीय व्यवस्थापनलाई प्राथमिकतामा राखी, कर, ऋण र अन्तर्राष्ट्रिय आर्थिक प्रवाहलाई समस्याको सम्बोधन हुनेगरी निर्णय गर्नुपर्दछ ।’

 

एसिया प्यासिफिक फोरम अन वुमन ल एण्ड डेभलपमेन्ट (APWLD) का कार्यक्रम अधिकृत इलोइसा डेलोस रेयसले ‘प्राकृतिक स्रोतको अन्धाधुन्ध प्रयोग र विवेक रहित वर्तमान विकासे विश्वव्यापी मोडल, आदिवासी र ग्रामीण महिलाहरूका लागि हानिकारक छ । उनीहरूले लामो समयदेखि संरक्षण गर्दै आएका वन र नदीहरूमा पहुँच गुमाउँदा, महिलाहरूले सामना गरिरहेका जोखिम र संकट थपिने निश्चित छ । यसको प्रभावले महिलाहरूको जीविकोपार्जन, आर्थिक र सामाजिक अधिकारहरू उपभोग गर्न सक्ने क्षमतामा ह्रास आउनेछ ।’ माझी लगायत अन्य आदिवासी जनजातिहरू जलवायु परिवर्तनको तीव्र संकटलाई, समाधान गर्ने पक्ष हुन् । माझी र अन्य आदिवासीको संरक्षण गर्नु पनि पृथ्वी संरक्षणकै एउटा पाटो हो । तसर्थ, हामी नेपाल सरकार, विशेष गरी विद्युत विकास विभाग, व्यावसायिक कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता र अन्तर्राष्ट्रिय विकासका साझेदारहरूलाई UNDRIP, ILO 169, CEDAW GR39 लगायतका अन्य अनुमोदित अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी कानुनलाई सार्थक रूपमा पालना गर्न आह्वान गर्दछौं ।

 

तस्बीरः सुबास मुखिया सुनुवार

 

जोखिमपूर्ण अवस्थामा रहेका आदिवासी माझी महिलाहरूको सुनकोशी नदीसँगको सदियौंदेखिको अन्योन्याश्रित सम्बन्धलाई कायम राख्न र उनीहरूको सहज, प्राकृतिक जीवन यापनको नैसर्गिक अधिकारको संरक्षणका लागि उठान गरेका सवाललाई सबै सरोकारवालासम्म पुर्याउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिएको छ ।

 

तस्बीरः सुबास मुखिया सुनुवार

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...