YouTube Link

उमाकुण्ड-३ मा वडास्तरीय अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न, तीन नयाँ विद्यार्थी भए भर्ना

Facebook Link

 

रामेछाप: उमाकुण्ड गाउँपालिकाको वडास्तरीय अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत वडा नम्बर-३ कुबुकास्थलीमा सम्पन्न भएको छ । उमाकुण्ड वडा नम्बर ३ द्वारा आयोजित वडा अध्यक्ष गुण बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि पालिकाका शिक्षा शाखा प्रमुख ङावा शेर्पा लगायत विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रतिनिधिहरुको उपस्थिति थियो ।

 

कार्यक्रममा शिक्षाबाट बञ्चित ३ बालबालिका  रिदम शेर्पा, अनिसा सुनुवार र भगवती महत विद्यालयमा भर्ना भएका छन् । भर्नाका लागि वडा अध्यक्ष गुण बहादुर थापा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार र शिक्षा शाखा प्रमुख ङावा शेर्पाले नयाँ भर्ना भएका विद्यार्थीलाई झोला कापी र कलम दिएर स्वागत गरेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि शेर बहादुर सुनुवारले बालबालिका भविष्यका कर्णधार हुन त्यसैले कुनै बालबालिका शिक्षाबाट बञ्चित हुन नहुने बताए । त्यस्तै विशिष्ट अतिथि ङावा शेर्पाले पालिकाभित्र रहेका बालबालिकालाई विद्यालयमा ल्याउन पालिकाबाट सक्दो पहल गरिएको बताए । गरिब बालबालिकाहरु शिक्षाबाट बञ्चित नहोउन् भनि स्थानीय सरकारले पहल गरिरहेको बताए ।

 

त्यसैगरी उमाकुण्ड गाउँपलिका ३ का वडा अध्यक्ष गुण बहादुर थापाले पालिका बाहिर रहेका बालबालिकाहरुलाई पनि विद्यालयमा ल्याएर भर्ना गर्न आफुले भुमिका खेलिरहेको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...