Texas College
YouTube Link

के मान्छे जस्तै होलान् त भविष्यका रोबोट ?

Facebook Link

केही समय यतादेखि मान्छेजस्तै देखिने रोबोट निर्माण गर्ने ट्रेण्ड बढिरहेको छ । तर, के यस्तो मानव जस्तै देखिने मेसिन निर्माण गर्ने विषय डरलाग्दो होइन ? के यो भविष्यका लागि सम्भावित खतरा होइन ?

यद्यपि, आइज्याक एसिमोभको रोबोटमा आधारित उपन्यास, सन् १९८० को दशकका चलचित्रको पात्र जोनी फाइभ, हलिउडको फिल्म एभेन्जर्सः द एज अफ अल्ट्रन तथा च्यानल फोरको साइन्स फिक्सन ड्रामा फिल्म ह्युमन्समा रोबोलाई मान्छेको निकै नै नजिक देखाइएको छ । यी फिल्ममा मान्छेका जस्तै रोबोटका पनि बालबच्चा हुन्छन् र रोबोटमा मान्छेमा जस्तै चेतना तथा भावनाहरु भएको देखाइन्छ ।

डाक्टर बेन गोएर्टजेलले एक आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर तयार गरेका छन् । यसैको आधारमा सोफिया नामको एक रोबोट तयार गरियो, जुन मानव स्वरुपको रोबोट हो । हंगकंगस्थित ह्यानसन रोबोटिक्स कम्पनीले यो रोबोटको निर्माण गरेको हो । डाक्टर बेनका अनुसार रोबोटहरु पनि मान्छे जस्तै देखिनु पर्दछ ता कि रोबोटका बारेमा मानिसहरुमा रहेको शंका दूर होस् । मानिसहरुले मन पराएका कारण आगामी दिनका रोबोटहरु मानव स्वरुपकै हुने उनी बताउँछन् ।

उनका अनुसार यदि रोबोटहरु मानवस्वरुपका भएमा मानिसहरुले रोबोटलाई आदेश दिन सक्दछन् र आफ्नो गर्लफ्रेण्डको बारेमा रोबोटसँग कुरा गर्न सक्दछन् । ‘मलाई लाग्छ सफ्ट बैंकको पेपर रोबोट देख्दा निकै कुरुप हुन्छ । जबकि सोफियाले तपाइँलाई आँखामै नजर लगाउँदछ र तपाइँकै जस्तो अनुहार पनि बताउन सक्दछ । यो नितान्त फरक अनुभव हुन्छ तर पेपर रोबोटको भने छातिमा लागेको मोनिटर मात्र देखिन्छ ।

हालै २० नयाँ सोफिया रोबोट बनाइ सकिएको छ र यी मध्ये छ वटा रोबोट विश्वका विभिन्न देशमा प्रयोगमा छन् । जसको प्रयोग भाषण दिने तथा प्रविधिको प्रशिक्षण दिने कामका लागि गरिएको छ । धेरै कम्पनीहरुले आफ्ना ग्राहक लोभ्याउनका लागि सोफियाको प्रयोग गर्ने उद्देश्यले ह्यानसन रोबोटिक्ससँग सम्पर्क गरे । तर एउटा कुरा के प्रष्ट छ भने चाहे सोफिया होस् वा पेपर रोबोटजस्ता मानवीय रोबोट, अहिले पनि यिनीहरुको निर्माण निकै महंगो छ र स्वयं डाक्टर गोएर्टजेल पनि यो कुरा अस्विकार गर्दैनन् । तर उनको यो कुरासँग अरु धेरै रोबोट वैज्ञानिक असहमत छन् ।

के रोबोट पनि विद्रोही हुनसक्छ ?
इन्ट्यूसन रोबोटिक्सका सह सस्थापक तथा मूख्य कार्यकारी अधिकारी डाक्टर स्क्युलर चाहीँ रोबोट मानिस जस्तै देखिने र बोल्ने कुराको सख्त विरोध गर्दछन् । उनको कम्पनीले एलिक्यू नामको सानो सामाजिक रोबोट बनाउँदछ जसको उद्देश्य वृद्धवृद्धाहरुको एक्लोपना भगाउनु हो । यो रोबोटले कुराकानी गर्न सक्दछ र प्रश्नको जवाफ दिन सक्दछ । उनका अनुसार एलिक्यूको प्रयोग गर्ने मानिसहरुलाई यो कुराको याद दिलाउनु पर्दछ कि यो एक मेसिन हो, कुनै साँच्चीकै मानव होइन । यसो गर्नु वास्तवमै पीडादायक हुन्छ । अर्का रोबोटिस्ट मसाहिरो मोरीको विचारमा रोबोट जतिधेरै मानिसको नजिक हुन्छ उति नै धेरै खतरा मानिसलाई पैदा हुनेमात्र होइन रोबोट उति धेरै विद्रोही पनि हुन्छ । उनका अनुसार नैतिक रुपमा रोबोटले मानिसजस्तै हुने अपेक्षा गर्नु नै गलत हो ।

रोबोटको कानूनी अधिकार ?
मानिसलाई एकपटक निश्चित रुपमा अनुभुति हुनेछ कि यो रोबोट हो, वास्तविक मान्छे होइन । अनि मान्छेले आफैलाई ठगिएको महसुस गर्नेछ । कार्नेगी मेलन विश्वविद्यालयको रोबोटिक्स इन्स्टिच्यूटका प्राध्यापक डाक्टर रीड सिमन्सका अनुसार रोबोट विशेष होस् र आँखा झिम्काउन सक्ने होस् भन्ने धेरैको धारणा हुनछ । रोबोटले मान्छेको जस्तै व्यवहार गरोस् भन्ने चाहना हुन्छ ।

तर प्रविधिले पूरा गर्न नसक्ने खालको विश्वासको जन्म हुनु राम्रो नभएको उनी बताउँछन् । सिंगुलारिटी नेट त्यो प्लाटफर्म हो जहाँ एप निर्माताहरुले आर्टिफिसियल इन्टेलिजेन्स एप तयार गर्न सक्दछन् । जसको प्रयोग सोफिया जस्ता रोबोटमा गर्न सकिन्छ । यसका निर्माता गोएर्टजेलका अनुसार समय क्रमसँगै रोबोटहरु पनि स्मार्ट हुँदैछन् । भलै मानिस भन्दा धेरै स्मार्ट नहोलान् तर मान्छे जत्तिकै चाहीँ हुनेछन् । मान्छेजस्तै देखिने रोबोटहरु जति धेरै हामीले हाम्रो वरीपरी देख्यौँ उति नै धेरै हामी अभ्यस्त बन्ने उनको भनाई छ । कुनै समय यस्तो आउनेछ कि मानिसलाई मानिस भन्दा मेसिन धेरै सहज लाग्नेछ । तर भविष्यमा के यस्तो अवस्थामा पनि हामी पुगौँला कि जहाँ रोबोटमा चेतना हुनेछ, मन पर्ने तथा नपर्ने कुराको स्वतन्त्रता हुनेछ र रोबोटको पनि कानूनी अधिकार हुनेछ ?

जापानमा कारभित्र मानिसलाई सुरक्षित राख्ने डिजिटल साथी रोबोटको समेत निर्माण हुँदैछ । तथापि कुनैपनि रोबोटमा मानिसको मस्तिष्क तथा व्यक्तित्व डाउनलोड गर्नु सम्भव छैन । मानिसको दिमागको कपी गर्न अहिलेसम्म सकिएको छैन । तर डाक्टर गोएर्टजेल पनि मानवीय चेतना भएको रोबोट आएरै छाड्नेमा ढुक्क छन् । उनका अनुसार सन् १९२० को दशकमा निकोला टेस्लाले रोबोटको अवधारणा सार्वजनिक गर्दा कसैले पनि त्यसलाई पत्याएनन् । तर अहिले जे छ, सबैको अगाडि छर्लंग छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

वि.सं.२०८१ माघ २७ आइतवार १२:२५

काठमाडौं: सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक...

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा दर्ता, पारित भए सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा दर्ता, पारित भए सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने

वि.सं.२०८१ माघ १७ बिहीवार १०:३६

काठमाडौं: नेपालमा पनि सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले...