Health Ad
YouTube Link

नेता-कार्यकर्ता गिरफ्तार गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा राप्ती बन्द

Khanepani Dhal
Facebook Link

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको राप्ती बन्दको कारण जनजीवन प्रभावित बनेको छ । विहानैदेखि बजारमा रहेका सम्पूर्ण पसल बन्द, शिक्षण संस्था र सवारी साधन पनि पूर्ण रुपमा बन्द रहेका छ । बन्दका कारण साविक राप्तीका रोल्पा, सल्यान, प्यूठान, रुकुम र दाङ प्रभावित भएको छ ।

बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने काठमाडौबाट आउने रात्री बसहरुलाई स्कट्रिङ गरि गन्तव्यमा पठाएको प्रहरीले जनाएको छ । वन्दका कारण लामो तथा छोटो दुरीमा संचालन हुने यातायातका साधन पनि पुर्ण रुपमा ठप्प छन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गिरफ्तार नेता कार्यकर्ताको रिहाइको माग गर्दै नेकपा राप्ती ब्यूरोले बन्द आव्हान गरेको हो ।

राप्ती ब्यूरो इञ्चार्ज सुवासले जारी गरेको विज्ञप्तिमा संगठन सुदृढ तथा विस्तार अभियानमा जुटिरहेका देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा आफ्नो कार्यकर्ता गिरफ्तार, धरपकड, कुटपिट गरिएको भन्दै विरोध गरिएको छ । रोल्पा, दाङ लगायतका जिल्लाहरुमा फागुन २० गते नेकपा रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लालबहादुर विक, नृतेन्द्र सेन तथा फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमस्थलबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गिरफ्तार गरिएको र विना सर्त रिहा गर्न विज्ञप्तिमा माग गरिएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...