YouTube Link

निर्मला हत्या प्रकरणमा तत्कालीन एसपी विष्ट सहित ८ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्धा दायर, ६ जनाको बयान सुरु

Facebook Link

काठमाडौं: निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा दायर भएको मुद्धामा अवकास प्राप्त डीएसपी ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निर्मला पन्त बलात्कार हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेपछि पुन एकपटक निर्मला हत्याकाण्ड चर्चामा आएको छ । 

बलात्कार पछि हत्या गरिएकी निर्मलापन्त को हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा दायर भएको मुद्धामा जिल्ला अदालत कञ्चनपुरमा बहस सुरु भएको छ । निर्मला हत्या प्रकरणमा आवश्यक प्रमाण नष्ट गरेको र पक्राउ परेकालाई यातना दिएको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक एसपी दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध पुष ३ गते जिल्ला प्रहरी कार्यालयमा मुद्धा दायर भएको थियो ।

प्रहरीले दुवै मुद्दाको अनुसन्धानपछि बुधबार फायल जिल्ला सरकारी वकिल कार्यालय पठाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका सुचना अधिकृत कृष्ण भट्टले दुवै मुद्दाको अभियोगी ६ जना जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको भए पनि दुई जना तत्कालिन एसपि डिल्लीराज विष्ट र सिआईविका तत्कालिन डिएसपि अंगुर जिसि फरार रहेको जिल्ला सरकारी वकिलको कार्यालय कन्चनपुरले जनाएको छ ।

हत्या प्रकरणमा निर्दोषलार्इ यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा दायर भएको मुद्धा प्रकाउ परेका आरोपितलार्इ विहिबारबाटै बयान लिने काम हुने जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दायर गरेकी थिइन् भने दिलिपसिंह विष्टका दाजु विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्धमुद्दा दायर गरेका थिए ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...