कसैले संघियतालाई कमजोर बनाउन प्रयास गर्दैमा संघियता कमजोर हुँदैन: मुख्यमन्त्री पोखरेल
वि.सं.२०७५ फागुन २३ बिहीवार ०८:०६
939
sharesकाठमाडौं: प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कसैले संघियतालाई कमजोर बनाउन प्रयास गर्दैमा संघियता कमजोर नहुने बताएका छन् ।
प्रदेशको योजना आयोगले प्रकाशन गरेको वस्तुस्थिती बिवरण पुस्तक बिमोचन गर्दै मुख्मन्त्री पोखरेलले संघियताका बिषयमा बिपक्षिहरुले गरेको बिरोध सतहि रहेको आरोप लगाए । प्रदेश योजना आयोगले सरकार गठन लगत्तै सरकारले प्रकाशन गरेको स्थितिपत्रलाई पुर्णता दिंदै वस्तु स्थिति पुस्तक तयार गरेको हो ।
बिमोचन कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश श्रेष्ठले प्रदेश वस्तुस्थिती पुस्तकमा प्रदेशको दिगो बिकासको समेत लक्ष समावेश गरिएको जानकारी दिए । पुस्तकमा प्रदेश-५ को आर्थिक, भौगोलिक, सामाजिक, सांस्कृतिक अवस्थाको बिश्लेषण गरिएको छ ।
वि.सं.२०७५ फागुन २३ बिहीवार ०८:०६