YouTube Link

सर्वोच्चद्वारा सभामुख सापकोटा विरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

Facebook Link

काठमाडौं: सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दुई दिन अघि सभामुख बनेका सापकोटालाई सभामुख नबनाउन माग गर्दै दायर रिटमाथि न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलाशले मंगलबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता त्रिपाठीले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद सापकोटालाई सभामुख निर्विचित गर्ने प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न माग दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

त्रिपाठीको रिटमाथि सुनुवाईका लागि आइतबार न्यायाधीश हरि प्रसाद फुयालको इजलाशमा पेशी तोकिएकोमा उनले हेर्न नमिल्ने भएपछि सुनुवाई स्थगित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सोमबार न्यायाधीश मल्लको इजलाशमा पेशी तोकेका थिए । सोमबार बहस नसकिएपछि रिटको सुनुवाई हेर्दा हेर्दैमा राखिएको थियो । मंगलबार बहस सकिएपछि न्यायाधीश मल्लको इजलाशले कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले जारी गरेको आदेशमा कुनै कसुरको जाहेरी परी आरोप लागेको व्यक्ति उपर अनुसन्धान भइरहेको अवस्थामा सार्वजनिक पद धारण गर्न अयोग्य हुने वा सार्वज्निक पदमा नियुक्तिका लागि अयोग्य हुने गरी कुनै कानूनी व्यवस्था नरहेको समेत उल्लेख गएिको छ ।

यद्यपि, सापकोटाविरुद्ध नै यसअघि दायर भएको रिटको सुनुवाईका क्रममा जारी भएको अन्तरिम आदेशअनुसार उनीविरुद्धको कर्तब्य ज्यानको मुद्दाको अवस्थाबारे भने जवाफ माग गरिएको छ । सापकोटा भने सभामुखमा निर्वाचित भएर पद्‌भार समेत सम्हालिसकेका छन् । सापकोटाले मंगलबार बसेको प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गरिसकेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...