YouTube Link

ट्रिपरको ठक्करले एकको मृत्युपछि सुर्खेत सदरमुकाम तनावग्रस्त, प्रशासनले लगायो १२ घण्टे कर्फ्यु

Facebook Link

काठमाडौं: ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि सुर्खेत सदरमुकाम विरेन्द्रनगर तनावग्रस्त बनेको छ । चालकको लापरबाहीले घटना भएको भन्दै स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रशासनले बुधबार विहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

क्षतिपुर्ती माग गरेपनि सहमति नभइ प्रहरीले शव उठाएपछि अवस्था थप तनावपूर्ण बनेको थियो । अश्रुग्यास प्रहार गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर ८ जना घाइते भएका थिए । सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले विरोधले उग्ररुप लिँदा प्रहरीले हवाई फायर गरेको तर आन्दोलनकारीमाथि गोलि भने अज्ञात समूहले चलाएको दावी गरे । यता गोली लागेर घाईते भएका ८ जना मध्ये २ जनाको अबस्था चिन्ताजनक रहेको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

घाइते भएका प्रदशनकारीहरुको टाउको, छाती र खुट्टामा गोली लागेको अस्पताल श्रोतले जनाएको छ । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले मंगलबार बेलुकी साढे ६ बजेर ३० मिनेट देखि बुधबार बिहान ६ बजेसम्मका लागि बिरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको हो । अवस्था तनावपूर्ण बनेपछि नेपालगंजबाट समेत थप सुरक्षाकर्मी खटाएको छ । टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोटको महावै गाउँपालिका-३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै मृत्य भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...