YouTube Link

चार हजार धरौटीमा रिहा भईन् गायिका आस्था राउत

Facebook Link

काठमाडौं: गायिका आस्था राउत चार हजार धरौटीमा रिहा भएकी छन् । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी राउत मंगलबार रिहा भएकी हुन् । जिल्ला प्रशासन कार्यालयले राउतसँग अभद्र व्यवहार मुद्दामा चार हजार धरौटी माग गर्ने आदेश गरेको थियो ।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासनमा उपस्थित गराएपछि उनीमाथि अनुसन्धान गर्न चार दिनको समय दिइएको थियो ।

त्रिभुवन विमानस्थलमा महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल मार्फत प्रहरीलाई गाली गरेपछि हिरासतमा पुगेकी गायिका आस्था राउतले रिहा हुने क्रममा प्रहरीको प्रशंसा गरेकी छन् । उनले प्रहरीले आफूलाई राम्रो व्यवहार गरेको, एकजनाको गल्तीले संगठनलाई गाली गर्न नहुने भन्दै प्रशंसा गरेकी थिइन् । “मेरो पनि केही गल्ती भयो,” आस्थाको भनाइ थियो, “एकजनाको गल्तीले गर्दा सबै प्रहरीलाई मुछ्न हुने थिएन । सबैले माया गरिदिनुभयो । मेरो कुरा सुनिदिनुभयो । प्रहरीको व्यवहार राम्रो पाएँ । म आफैं गएको हुँ ।”

उनले पत्रकारले पनि जे हो त्यही लेखिदिनुपर्ने भन्दै आक्रोश पोखेकी थिइन् । “मलाई सम्मानपूर्वक राख्नुभयो,” पत्रकारहरुसँग भनिन्, “मलाई कारागारभित्र राखेजस्तो नगरिदिनुस्, त्यसरी नलेखिदिनुस् । जे हो त्यही सत्य लेखिदिनुस् ।” उनले सानो विषयलाई ठूलो इस्यु बनाइएको बताएकी थिइन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...