YouTube Link

नेपाली कांग्रेसको १४औं महाधिवेशन अर्को २०७७ फागुनमा

Facebook Link

काठमाडौं: वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको वहिष्कारकाबीच नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन २०७७ फागुन दोस्रो साता गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रिय समितिको बैठकमा संस्थापन पक्षले पौडल पक्षको वहिष्कारकाबीच २०७७ साल फागुन ७, ८, ९ र १० गते १४औं महाधिवेशन गर्ने निर्णय गरेको हो ।

२०७६ साल फागुन २० गतेदेखि लागु हुने गरी सबै पदाधिकारी र सदस्यहरुको समय २०७७ फागुन १९ गते सम्म एक बर्षका लागि थप गर्ने निर्णय समेत गरेको छ । त्यस्तै केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको समयावधि थप गर्दे महाधिवेशनको मिति तय गरेको हो । बैठकले नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिको पदाधिकारीको कार्यअवधि ६ महिना थप गरेको छ ।

संस्थापन पक्ष र पौडल पक्षको विवादकाबीच बैठकले नेविसंघको निर्वाचन बारे सम्पुर्ण अधिकार सभापति शेरबहादुर देउवालाई दिएको पार्टी प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिएका छन् । पौडेल समुहको वहिष्कारका सम्बन्धमा भने प्रवक्ता शर्माले कतिपय समयमा सहमति पुर्वक निर्णय हुने र कतिपय अवस्थामा केन्द्रीय कार्य समितिको उपस्थितिको संख्याले पनि निर्णय गर्नुपर्ने परम्परा बमोजिम बैठकमा प्रस्तावित विषयहरु बारेमा निर्णय गरिएको स्पष्ट पारे ।

त्यसैगरी बैठकले अमेरिकी सरकारसँग गरेको सम्झौता एमसिसिलाई सरकारले विभिन्न वहानामा अवरुद्ध बनाउन खोजेको विषयलाई गम्भीरतापूर्वक लिदै यथाशिघ्र सम्झौता संसदमा पेश गर्न भनेको छ । विना प्रतिष्पर्धा समय बाँकी छदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई पुन लिजमा दिनु, ट्रष्टको दरबारमार्ग र लुम्बिनीको जग्गा, धरानमा निजी क्षेत्रबाट विमानस्थल निर्माण गर्ने भन्दै लिईएको जग्गामा गम्भीर नबनेर राष्टिय सम्पत्तिको रक्षक नभई दोहनमा सहयोगी पात्र बनेको निष्कर्ष निकाल्दै काँग्रेसले सरकारको निर्णयको भत्र्सना गरेको छ । कांग्रेसले गोकर्ण रिसोर्ट लगायतका सबै निर्णय सच्याउन सरकारसँग माग समेत गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...