Texas College
YouTube Link

नेपालका बालबालिकाहरू इन्टरनेटको उच्च जोखिममा

Facebook Link

काठमाडौं: “नेपालका बालबालिकाहरूमा इन्टरनेट सुरक्षा र नयाँ प्रविधिका जोखिमहरू” नामक विस्तृत सर्भे प्रकाशित गरेको छ । १२,९९९ नमूना लिएर गरिएको उक्त सर्वेक्षणमा नेपालका सात वटै प्रदेशलाई समेटेर तयार पारिएको छ ।

हिमालय होटल कुपन्डोलमा विभिन्न सरकारी र गैरसरकारी निकायहरूको उपस्थितिमा सार्वजनिक भएको उक्त रिपोर्टले नेपालका सात वटै प्रदेशमा बालबालिकाहरूले कसरी सूचना प्रविधिको प्रयोग गर्छन्, त्यस सम्बन्धी विषयलाई कसरी बुझ्छन्, ज्ञान कस्तो छ र सूचना प्रविधिको सुरक्षित प्रयोगमा उनीहरूसँगै बाबुआमा, शिक्षक आदिको प्रवृत्ति कस्तो छ भन्ने जस्ता विषयहरू समेटेको छ । बालबालिकालाई केन्द्रमा राखेर इन्टरनेट सुरक्षामा नयाँ बहसको थालनी गर्नु तथा रिपोर्टले सङ्केत गरेका नतिजाहरूलाई सम्बन्धित निकायसम्म पुर्या्एर यस विषयसँग सम्बन्धि नयाँ नीति निर्माणमा सहयोग पुर्यारउनु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो ।

रिपोर्टले नेपालका बालबालिकाहरू अनलाइन यौन शोषणमा अत्यन्तै संवेदनशील र जोखिमपूर्ण अवस्थामा रहेको देखाएको छ । समग्र देशभर भएका बालबालिकाहरूमा इन्टरनेटको प्रयोग बढिरहेको सन्दर्भमा त्यसले निम्त्याउन सक्ने विभिन्न जोखिम र शोषणलाई रोक्नको लागि सरकार, इन्टरनेट प्रदायक संस्था, स्कुल र बाबुआमाको प्रयास कमजोर रहेको पनि यसले देखाएको छ । ७१.८०% बालबालिकाहरूमा इन्टरनेटको पहुँच रहेको र उनीहरू दिनको जुनसुकै समयमा पनि चलाउने पहुँचमा रहेको देखिएको छ । लगभग आधा केटा (५२.२%) र केटी (४७.८%) ले एक्लै भएको समयमा इन्टरनेट धेरै चलाउने बताएका छन् । ६०.९% प्रतिशत बालबालिकाको आफ्नै फेसबुक खाता छ र त्यसमा ५१.३% लाई इन्टरनेट प्रयोगका जोखिमहरूको बारेमा थाहा छैन । ४९.५ % केटा र ५०.५ % केटीले अनलाइन यौन दुर्व्यवहार भएका खोज्न सकिने कानुनी उपचार र सुरक्षाको बारेमा थाहा नभएको बताएका छन् ।

इन्टरनेटमा पाउन सकिने अश्लील, र फोहोरी सामाग्रीहरूको बारेमा धेरै बालबालिकाहरूलाई थाहा नभएको पाइएको छ । ५५.७ % ले इन्टरनेट चलाइरहेको बेला आउने चिजहरू सिधै खोल्ने बताएका छन् । रिपोर्टले बालबालिकाको अवस्थालाई मात्र नदेखाएर त्यसमा बाबुआमाको भूमिका पनि खोजेको छ । १८.८ % बाबुआमाले छोराछोरीको जीवनमा के कस्तो भइरहेको छ भन्ने कुरा सोध्दैनन् । अझै डर लाग्दो अवस्था त के छ भने ७१.१ % बाबुआमाले आफूलाई भइरहेको गाह्रो वा खराब अनुभवको कुरा छोराछोरीले नसुनाउने गरेको बताएका छन् । लगभग ७०% बाबुआमालाई नै बालबालिकाको सुरक्षित इन्टरनेट प्रयोगको लागि अपनाउन सकिने सामाग्री छान्ने तरिका थाहा छैन । यसरी यस रिपोर्टले इन्टरनेट र प्रविधिको बढ्दो प्रयोगको समयमा नेपाली बालबालिकाहरू सबै प्रदेशमा एकदमै जोखिमपूर्ण अवस्थामा रहेको देखाएको छ ।

यस अध्ययनमा भएको १२,९४४ स्याम्पल मध्ये १८ वर्ष भन्दा कम उमेरका बालबालिका ५०११, ३१५५ शिक्षक, र ४७७८ बाबुआमाहरू रहेका छन् । यसले गरेका ३४ सम्बन्धित क्षेत्रका जानकार व्यक्तिमा नेपाल प्रहरी, न्यायधिसहरू, र नागरिक समाजका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । बालबालिकामा इन्टरनेट सुरक्षा र नयाँ प्रविधिका जोखिम न्यूनीकरणको लागि आधारशिला तयार गर्नु र बहसको थालनी गर्नु तथा सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई यस क्षेत्रमा ध्यानाकर्षण गरी बालबालिकाहरूलाई जोखिम मुक्त बनाउने पहल गर्ने यस अध्ययनको उदेश्य रहेको थियो । यस रिसर्च गर्नुका अलावा ECPAT Luxembourg ले नेपालका बालबालिकाहरूमा भइरहेका यौन हिंसा न्यूनीकरणको लागि सन् २००८ देखि काम गरिरहेको छ । यस रिसर्चलाई काठमाडौ कानुन स्कुलका एसोसिए प्रोफेसर कपिल अर्यालले प्रवीण सुवेदी र मानस वाग्लेको सहयोगमा तयार पारेका हुन् ।

{ग्राफ सहित}

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...