पौडेल परिवारले दियो गुल्मीको कालिगण्डकी गाउँपालिका भुर्तुङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स
वि.सं.२०७६ पुस ७ सोमवार २१:४३
1.1K
shares
काठमाडौं: गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका-७ मा रहेको भुर्तुङ स्वास्थ्य चौकीलाई बिरामी बोक्ने एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गुल्मीका समाजसेवी स्वर्गीय पण्डित बेणी माधव पौडेलको सम्झनामा उक्त स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेसका सक्रिय नेता समेत रहेका स्वर्गीय पण्डित पौडेलका परिवारले काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाको हातबाट सो एम्बुलेन्स हस्तान्तरण गरेको हो । गुल्मी जिल्लाको विकट गाउँमा पर्ने कालिगण्डकी गाउँपालिकामा उपचारका लागि विरामीको सेवा पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको पौडेल परिवारले बताएको छ ।

गाउँमा उपचारको लागि गाडी तथा एम्बुलेन्सको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफ्नै लगानीमा एम्वुलेन्स खरिद गरेर पौडेल परिवारले उक्त स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको जनाएको छ ।

वि.सं.२०७६ पुस ७ सोमवार २१:४३



















