अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते
वि.सं.२०७६ पुस ७ सोमवार ०९:२७
1.3K
shares
एजेन्सी: अमेरिकाको शिकागोस्थित पार्टी चलिरहेको एक घरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये चारको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीका अनुसार गोलीकान्डको घटना ५७ स्ट्रीट क्षेत्रमा भएको हो । पार्टी चलिरहेकै बेला त्यहाँ ५-६ राउण्ड गोली चलेको आवज सुनिएको पार्टीमा सामेल एक जनाले बताए । गोलीकाण्डबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । कसले किन गोली चलाएको हो भन्नेबारे केही खुलेको छैन ।
वि.सं.२०७६ पुस ७ सोमवार ०९:२७



















