YouTube Link

उत्तर कोरियाली नेता किम जोङ उन आज भियतनामको दोङदाङ पुग्दै

Facebook Link

उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि भियतनाम-चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि किम आज विहानसम्म दोङदाङ पुग्दै छन् । उनको सुरक्षार्थ सर्वसाधारणका लागि केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ । किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको र ती क्षेत्रलाई सेनाले सुरक्षा प्रदान गरिरहेका छन् ।

उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दै छन् । दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटर बाटो हुँदै भियतनामको राजधानी हनोई पुर्‍याइने छ। हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ । शनिबार नै रेल चढेर भियतनामको यात्रामा हिंडेका किम चीनको राजधानी बेइजिङ हुँदै रेलमा भियतनाम पुग्न लागेका हुन् ।

किम साढे दुई दिनमा करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लागेका हुन् । फेब्रुअरी २७ र २८ मा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच दोस्रो चरणको उच्चस्तरीय वार्ताका हनोईमा हुँदैछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि आज नै हनोई पुग्ने कार्यक्रम रहेको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...